युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
अन्तर्राष्ट्रिय
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो ।

बैशाख १५भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो ।
भारतमा लगातार सातौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ६० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी फैलिएयताकै धेरै हो । सोमबार भने भारतमा करिब ३ लाख २३ हजारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधवार, बैशाख १५, २०७८, १२:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!