स्थानीय

साक्षरता बढ्दै, उच्चशिक्षा र ड्रपआउट अझै चुनौती

Samayapati

बाँकेको खजुरा गाउँपालिकाहालआफ्नो शैक्षिक रूपान्तरणको एउटा महत्वपूर्ण मोडमा छ । गाउँपालिकाको समग्र साक्षरता दर ६५.४३ प्रतिशतपुगेको छ, जसमा ६४.८६ प्रतिशतनागरिकहरू लेखपढ गर्न सक्षम छन् । यद्यपिकुल जनसंख्याको ३४.५७प्रतिशतअर्थात् २१,७३६ जनाअझै पनिनिरक्षर छन् ।
खजुरा गाउँपालिकाकावरिष्ठ शिक्षाअधिकृत खगेन्द्र मल्लकाअनुसार पालिकाको शैक्षिक स्तरलाई वडागत रूपमा हेर्दा ठूलो भिन्नता पाइन्छ । “हाम्रो पालिकामा वडा नम्बर ३ साक्षरताको दृष्टिले सबैभन्दा अगाडि छ, जहाँ ८४.४० प्रतिशतनागरिक साक्षर छन्, तर वडा नम्बर ८ मा ६६.४३ प्रतिशत जनसंख्याअझै पनिनिरक्षर हुनु हाम्रो लागिगम्भीर चिन्ताको विषयहो,’’मल्लले भने । उनकाअनुसार वडागत रूपमा देखिएको यो खाडल पुर्नकालागिपालिकाले विशेष साक्षरताअभियान र प्रौढ शिक्षाकाकार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने योजनाबनाएको छ । साक्षरता सूचकाङ्कमाखजुराले ६५.१ अङ्कप्राप्तगर्दै मध्यम स्तर कायम गरेको भएपनियसलाई उच्च स्तरमा पु¥याउनु नै अबको मुख्यलक्ष्य रहेको मल्लले बताए ।
पालिकामा ३१.३४ प्रतिशतले प्राथमिकतह र २५.५८ प्रतिशतले माध्यमिकतहपार गरेका छन्। तर, उच्चशिक्षा (स्नातक र सोभन्दामाथि) हासिलगर्नेको संख्याभने निकै न्यूनअर्थात् मात्र ६.०६ प्रतिशत रहेको छ । वडानम्बर ३ मा सबैभन्दा बढी ११.२५ प्रतिशतले उच्चशिक्षाप्राप्त गरेका छन् भने वडा नम्बर ५ मा यो दर मात्र १.१४ प्रतिशतमाखुम्चिएको छ । अधिकृत मल्ल भन्छन्, “उच्चशिक्षामापहुँचकमहुनुमा शैक्षिक संस्थाहरूको उपलब्धता, परिवारको आर्थिक अवस्था र कतिपयअवस्थामाशिक्षाप्रतिको दृष्टिकोण जिम्मेवार देखिएको छ, जसलाई सुधार्न हामीले छात्रवृत्ति र प्राविधिकशिक्षाविस्तारको रणनीति लिएका छौँ।’’
विद्यालय छाड्ने (ड्रपआउट) दर खजुराको अर्को पेचिलो समस्याका रूपमा देखा परेको छ । तथ्याङ्कअनुसार खजुरामा ९,७२२ जनाले विभिन्नकारणले विद्यालय छाडेका छन् । विद्यालय छाड्नुकाकारणहरूमा सामाजिककारण २८.४५ प्रतिशत र आर्थिक कारण २५.७० प्रतिशतजिम्मेवार देखिएका छन् । विशेष गरी २३.३४ प्रतिशतविद्यार्थीले विवाहभएकाकारण र १३.३१ प्रतिशतले घरको काममा सघाउनु पर्ने भएकाले पढाइ बीचमै छाड्ने गरेको पाइन्छ। आर्थिक अभावकाकारण विद्यालय छाड्ने दर वडा नम्बर २ मा सबैभन्दाउच्च (३५.७८ प्रतिशत) रहेको छ । वरिष्ठ शिक्षाअधिकृत मल्लकाअनुसार कामगर्दै पढ्न चाहनेहरूकालागिलचिलो शैक्षिककार्यक्रम र अभिभावक परामर्श सेवा सञ्चालन गरेर यो दर घटाउने प्रयास भइरहेको छ।

समग्रमा, खजुरा गाउँपालिकाले शैक्षिकप्रतिधारण (च्भतभलतष्यल) मा ८२.० अङ्कप्राप्तगर्दै ‘उत्तम’ स्तर देखाएपनिउच्चशिक्षा र साक्षरताको वडागत असन्तुलनलाई चिर्नु आवश्यकछ । वरिष्ठ शिक्षाअधिकृत खगेन्द्र मल्लपालिकाको शैक्षिकभविष्यप्रतिआशावादी देखिन्छन् । उनी भन्छन्, “हामीले वडा नम्बर २ र ८ जस्ता कमजोर शैक्षिक सूचकाङ्कभएका क्षेत्रमाविशेष प्रोत्साहनप्याकेज र वडा नम्बर ७को सफल शैक्षिक रणनीतिलाई अन्यत्रपनिलागू गर्ने योजनाबनाएका छौँ“ृ११, १४े । डिजिटल प्रोफाइलबाट प्राप्तयीतथ्याङ्कहरूले खजुरालाई ठोस शैक्षिकनीतिनिर्माण गर्न र गुणस्तरीय शिक्षा सुनिश्चितगर्न बलियो आधार प्रदान गरेको छ, जसले भोलिको खजुरालाई पूर्ण साक्षर र शैक्षिक रूपमा सबल बनाउने विश्वास गरिएको छ ।


प्रकाशित मिति: सोमवार, असार १५, २०८३, ०६:०६:००
प्रतिक्रिया दिनुहोस्