स्थानीय

आगामीआर्थिक बर्षकालागिखजुरालेल्यायो ७८ करोड २७लाख ९९ हजार रुपैया बजेट

Samayapati

खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ वर्षमापूर्वाधार विकास क्षेत्रकालागिकुल ८४ करोड ४० लाख ८८ हजार ६८ रुपैयाँ ५५ पैसा बजेट विनियोजन गरेको थियो। सडक, भवन, खानेपानीलगायतभौतिकपूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयनभएको गाउँपालिकाले जनाएको छ।
पूर्वाधारसँगै सामाजिकविकास क्षेत्रतर्फ पनिउल्लेख्य खर्च भयो । शिक्षा, स्वास्थ्य, महिलातथाबालबालिका, लक्षितवर्ग कार्यक्रमलगायत सामाजिकविकासकाकार्यक्रमहरूलाई निरन्तरतादिइएकोथियो। हालसम्मगाउँपालिकाले पहिलो चौमसिक मै कुल २० करोड ५० लाख २८ हजार ७४४ रुपैयाँ २७ पैसाखर्च गरिसकेको थियो। यो रकमपहिलो चौमासिकअवधिमाभएको खर्च हो, जुनकुल बजेटको २४.२८ प्रतिशत रहेको छ।
गतआर्थिक वर्ष २०८०÷८१ को अन्तिम लेखा परीक्षणमा कम बेरुजु आउने स्थानीयतहका रूपमाखजुरा गाउँपालिका सफलभएको थियो। चालु आर्थिक वर्षमापनि सोहीउपलब्धिलाई कायम राख्ने उद्देश्यसहितखर्च प्रणालीलाई थपपारदर्शी र अनुशासितबनाइएको थियो । साथै, सार्वजनिकखरिद प्रक्रियालाई मितव्ययी, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै विकास निर्माणका कामलाई समयमै सम्पन्नगर्ने प्रयास गरिएको वरिष्ठ लेखाअधिकृत प्रदिप सुनारले जानकारी दिए ।
साथै, गाउपालिकाले विभिन्न संस्थाहरूलाई अनुदान रकमउपलब्ध गराएको थियो । अन्य महत्वपर्ण काम र सुविधाहरू जस्तै, वेब साइट, फेसबुक पेज र एप्लिकेशनमार्फत जानकारी पहुच, पारदर्शिता र जनसहभागिता सुनिश्चितगरिएको छ।
पालिकाले आवधिक योजना, सडक गुरुयोजना र पञ्चवर्षीय योजनालाई आत्मसात् गर्दै योजनाबद्ध विकासमाजोड दिएको छ। सुशासनकायमगर्ने, नीतिगत भ्रष्टाचारको अन्त्यगर्ने र रोजगारीमूलकआर्थिक विकासमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउने मुख्यलक्ष्य राखिएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिकपूर्वाधारलाई उच्चप्राथमिकतामा राखेको छ ।
आगामीआर्थिक बर्षकालागिखजुराले७८ करोड २७लाख ९९ हजार रुपैयाँअनुमानित बजेट पेश गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, लैंगिक समानतातथा सामाजिक समावेशीकरण, युवातथा खेलकुद, आर्थिक तथा कृषीविकास, पर्यटन घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगार, भौतिकपुर्वाधार, वनवातावरण तथाविपदब्यवस्थापन, भूमिहिन सुकुम्वासीतथाअब्यवस्थितबसोबासी र कानूनतथान्याय, सार्वजनिक सेवाप्रवाह, सुशासनतथा संस्थागतविकासमाआवश्यक बजेट विनियोजन गरेको पालिकाकाउपाध्यक्षमञ्जुमल्लले बताइन् ।


प्रकाशित मिति: सोमवार, असार १५, २०८३, ०५:५५:००
प्रतिक्रिया दिनुहोस्