राष्ट्रिय

बुवाद्वारा आमाको हत्या–पीडित बालबालिकाको संरक्षण अब सरकारले गर्ने प्रधानमन्त्री ओली।

Samayapati

 रुकुम (पश्चिम), चौरजहारी — चौरजहारी नगरपालिका–३, रुकुम (पश्चिम) मा बुवाद्वारा आमाको निर्मम हत्या भएपछि विचल्लीमा परेका तीनजना बालबालिकाको संरक्षणको जिम्मा अब नेपाल सरकारले लिने भएको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ती बालबालिकाको सम्पूर्ण संरक्षण र अभिभावकिय जिम्मेवारी निर्वाह गर्ने निर्णय गर्नुभएको हो।

कर्णाली प्रदेश सभा सदस्य माननीय तुलसा मल्ल ठकुरीमार्फत प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई काठमाडौं ल्याउने र उनीहरूको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणको पूर्ण व्यवस्थापन सरकारले गर्ने प्रतिवद्धता जनाउनुभएको छ। प्रधानमन्त्रीको यो निर्णयप्रति स्थानीयबासी र पीडित परिवारले गहिरो आभार प्रकट गरेका छन्।

बालबालिकाको मनोवैज्ञानिक अवस्था र भविष्यप्रति गम्भीर चासो व्यक्त गर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन पुनर्स्थापना प्रक्रिया अघि बढाइने विश्वास गरिएको छ। प्रारम्भिक चरणमा बालबालिकालाई सुरक्षित आवासमा राखी नियमित शिक्षादेखि मनोसामाजिक परामर्शसम्मका सेवाहरू उपलब्ध गराइने जानकारी दिइएको छ।

पीडित बालबालिकाको तर्फबाट स्थानीय अभिभावक, नगरपालिकाका प्रतिनिधि र सामाजिक अभियन्ताहरूले संयुक्त पहल गर्दै बालबालिकाको उज्वल भविष्य सुनिश्चित गर्नुपर्ने आवाज उठाउँदै आएका थिए। यसैबीच प्रधानमन्त्रीको तत्काल निर्णयले बालबालिकाको जीवनमा आशाको उज्यालो किरण छरिएको छ।

उक्त घटनापछि पीडित बालबालिकाको जीवन कष्टकर बनिरहेका बेला गरिएको उच्चस्तरीय सहायताले राज्य जिम्मेवार बनिरहेको सकारात्मक संकेत दिएको स्थानीयवासीहरू बताउँछन्। यस कार्यका लागि नेपाल सरकार, विशेषतः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनस्तरबाट धन्यवाद ज्ञापन भइरहेको छ।

 


प्रकाशित मिति: बिहिवार, असार २६, २०८२, ०९:४३:००
प्रतिक्रिया दिनुहोस्