स्थानीय

खजुराको रोजगार मोडेल ःस्थानीयलाई काम, गाउँलाई विकास

Samayapati

बाँकेको खजुरा गाउँपालिकाले स्थानीयस्तरमा रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई व्यवस्थितबनाउनचौतर्फी प्रयास गरेको छ। गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीकालागि रूपान्तरण पहलआयोजना र अध्यक्ष रोजगार कार्यक्रमजस्ता महत्वपूर्ण योजनामार्फत आफ्नानागरिकलाई विकास निर्माणका काममाजोडेको छ। यीकार्यक्रमहरू केवल रोजगारी दिने माध्यममात्रनभई गाउँको भौतिकपूर्वाधार विकासमा समेत कोसेढुङ्गा साबित भएका छन्। खजुराकाविभिन्न वडाहरूमा सञ्चालितखानेपानीपाइपलाइनविस्तार, नालीनिर्माण, विद्यालयमा लैङ्गिक मैत्रीशौचालय र सामुदायिकभवनहरूमा ट्रस निर्माणजस्ता कार्यहरूले स्थानीयले आफ्नै ठाउँमा पसिनाबगाउने अवसर पाएका छन्।
यस अभियानको नेतृत्वगरिरहनुभएकाखजुरा गाउँपालिकाका रोजगार संयोजकलोकराज संज्यालपालिकाको प्रयासप्रतिउत्साहित देखिनुहुन्छ। उहाँकाअनुसार पालिकाले श्रमलाई सम्मानगर्ने संस्कृतिको विकास गर्न खोजिरहेको छ। संज्याल भन्नुहुन्छ, “खजुरा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धनकालागिविभिन्नलक्षितकार्यक्रमहरू सञ्चालनगरिरहेको छ। हामीले स्थानीयआवश्यकताकाआधारमाआयोजनाहरू छनौट गरी बेरोजगार सूचीमा रहेकानागरिकलाई काममा खटाएका छौँ। यसले एकातिर स्थानीयको आम्दानी बढाएको छ भने अर्कोतिर गाउँको विकासमाअपनत्व महसुस गराएको छ। विशेष गरी ‘श्रमको सम्मान, राष्ट्रको अभियान’अन्तर्गत हामीले स्थानीय रोजगारदाताहरूसँग पनिनिरन्तर समन्वयगरिरहेका छौँ।’’उहाँले थप्नुभयो,‘‘पालिकाले एकलमहिलाहरूकालागि समेत विशेष स्वरोजगार कार्यक्रमल्याएको छ, जसमा २२ जनाएकलमहिलालाई ३० दिने हाते होजियारी तालिमप्रदानगरिएको छ ।
पालिकाले आन्तरिक रोजगारीसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायीबनाउनप्रभावकारी सेवाहरू प्रवाहगरिरहेको छ। गतआर्थिक वर्षमा पालिकाबाट २०९ जनालाई नयाँतथापुनःश्रम स्वीकृतिप्रदानगरिएको छ, जसमा २०२ पुरुष र ७जनामहिला रहेका छन् । वैदेशिक रोजगारीकाक्रममाआइपर्ने विभिन्न समस्याहरूमापालिकाले अभिभावकीयभूमिकानिर्वाह गर्दै आएको छ। वैदेशिक रोजगारीमा मृत्यु भएका७जनाव्यक्तिको शव नेपालझिकाउन र ८ वटा शवको ढुवानीमा पालिकाले सहयोग पु¥याएको छ। यसका साथै वैदेशिक रोजगारीमा रहेकाव्यक्तिका परिवारकालागि स्वास्थ्यउपचार सहायता, अङ्गभङ्गभएकालाई क्षतिपूर्ति र २५ जना सन्ततिलाई छात्रवृत्तिको व्यवस्था समेत प्रदानगरिएको छ।
गाउँपालिकाले वैदेशिक रोजगारीमाजानचाहने र फर्किएकाहरूकालागिमनोसामाजिक परामर्श र वित्तीय साक्षरताकक्षाहरू समेत सञ्चालनगरिरहेको छ। हालसम्म २८ जनाले मनोसामाजिक परामर्श सेवाप्राप्तगरिसकेका छन् भने ५३ जनाले वित्तीय साक्षरताकक्षामा सहभागीभई रेमिट्यान्सको सही सदुपयोग गर्न सिकेका छन्। खजुराले सूचनाप्रवाहलाई पनिउत्तिकै महत्वदिएको छ, जहाँ ९८७जनाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धीजानकारी लिएका छन्। स्थानीयतहलाई बालश्रम मुक्त घोषणा गर्ने अभियान र रोजगार रणनीतिको निर्माणले खजुरालाई व्यवस्थित र समृद्ध पालिकाबनाउने दिशामा अगाडि बढाएको छ ।यस्ता बहुआयामिककार्यक्रमहरूले खजुराकानागरिकमाआशाको नयाँकिरण सञ्चार गरेको छ।


प्रकाशित मिति: सोमवार, असार १५, २०८३, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्