महिला, बालबालिका र अपाङ्गताको सवाल खजुराको प्राथमीकतामा
स्थानीय
स्वास्थ्य सेवामा अब्बल खजुरा

खजुरा गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमाहासिल गरेको उपलब्धिले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। गाउँपालिकाले तयार पारेको स्वास्थ्यतथ्याङ्कअनुसार यहाँका ८६.१ प्रतिशत घरधुरीको पहुँचनजिकैको स्वास्थ्य संस्थासम्म ३० मिनेटभन्दा कम समयमापुग्न सक्ने अवस्थामापुगेको छ। यसले ग्रामीण क्षेत्रकानागरिकहरूलाई आकस्मिकउपचार र नियमित स्वास्थ्यजाँचकालागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्यगर्दै सेवाको पहुँचलाई सुदृढ बनाएको छ।
विशेषगरी सुरक्षितमातृत्व र प्रजनन् स्वास्थ्यको क्षेत्रमापालिकाले चालेकाकदमहरू निकै प्रभावकारी देखिएका छन्। तथ्याङ्कअनुसार खजुरामानियमितगर्भवतीजाँच गराउने दर ८१.४ प्रतिशतपुगेको छ भने संस्थागत प्रसूति गराउने दर ६१.६ प्रतिशत रहेको छ । सुत्केरी भइसकेपछि गरिने जाँच सेवाको दरमा समेत उल्लेख्य वृद्धि भई १४२.३ प्रतिशतपुग्नुले महिला स्वास्थ्यप्रतिपालिकाको संवेदनशीलतालाई पुष्टि गर्दछ । यी सूचकहरूले पालिकाभित्रकामहिलाहरूको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन र सेवाविस्तारकालागि स्पष्ट दिशानिर्देश गरेका छन्।
खजुरा गाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखनर्सिङ अधिकृत लक्ष्मी केसी ओली भन्नुहुन्छ, “हामीले गाउँपालिकामा स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्मपुर्याउन र प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनविशेष योजनाहरू कार्यान्वयन गरेका छौँ, जसको परिणामस्वरुप अहिले संस्थागत प्रसूति र खोपको पहुँचमा ठूलो सफलतामिलेको छ। आगामीदिनमाहामी स्वास्थ्य संस्थाको पहुँचकमभएका वडाहरूमा थप स्वास्थ्यइकाई र घुम्ती सेवाविस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समानपहुँच सुनिश्चितगर्ने लक्ष्यमा छौँ ।’’
बाल स्वास्थ्यको क्षेत्रमाखजुराले ९७.३ प्रतिशत पूर्ण खोप कभरेज हासिल गरेको छ । विभिन्न संक्रामक रोगहरूबाट बालबालिकालाई बचाउन सञ्चालितखोप कार्यक्रमको गुणस्तर सूचकाङ्क ९९.६ प्रतिशत रहनुले पालिकाको खोप सेवाप्रभावकारी रहेको देखाउँछ। पाँचवटा गम्भीर रोगहरू विरुद्ध दिइने संयुक्तखोपको कभरेज त शतप्रतिशतभन्दामाथिअर्थात् १०४ प्रतिशतपुगेको छ, जसले बालबालिकाको स्वास्थ्य सुरक्षामागाउँपालिकाले कुनै कसर बाँकी नराखेको संकेत गर्दछ ।
पालिकाले आगामीदिनकालागिप्रजनन् स्वास्थ्य सुधार गर्न बर्थिङ सेन्टरहरूको विस्तार, नियमित घरभेट कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन जस्ता रणनीतिहरू अघि सारेको छ । साथै, खोप सेवालाई अझप्रभावकारी बनाउन र ड्रपआउट दरलाई न्यूनगर्न अभिभावकशिक्षातथा डिजिटल खोप दर्ता प्रणालीको विकास गर्ने योजना समेत पालिकाको रहेको छ। यी समग्र प्रयास र उपलब्धिहरूले खजुरा गाउँपालिकालाई स्वास्थ्य सेवामा एक नमुनापालिकाको रूपमा स्थापितगर्दै लगेका छन्।
स्वास्थ्यबीमाको क्षेत्रमाभने पालिकाले अझै धेरै कामगर्न बाँकी रहेको छ । हाल समग्र पालिकामा७.६६ प्रतिशत घरधुरीले मात्र स्वास्थ्यबीमा गरेका छन् । वडागत रूपमा हेर्दा वडा नम्बर १ मा सबैभन्दा बढी १९.४५ प्रतिशत र वडा नम्बर ६ मा सबैभन्दाकम २.३३ प्रतिशत घरधुरी बीमाको दायरामाआएका छन् ।
खजुरा गाउँपालिकाले स्वास्थ्यबीमाको पहुँचविस्तार गर्न बहुआयामिक सुधार रणनीतिहरू अघि सारेको छ। हालपालिकामाबीमाको दर न्यूनअर्थात् ७.६६ प्रतिशतमात्र रहेकाले यसलाई वृद्धि गर्न विशेष गरी ९२.३४ प्रतिशतबीमानगरेका घरधुरीहरूलाई लक्षित गरी स्वास्थ्यबीमाको महत्व र यसबाट प्राप्तहुने लाभहरूकाबारेमाव्यापकजनचेतनाअभियान सञ्चालनगर्ने योजनाबनाएको छ । यसका साथै, वडागत रूपमा देखिएको असमानतालाई सम्बोधनगर्न सबैभन्दाकमबीमा दर भएको वडा नम्बर ६ जस्ता क्षेत्रहरूमाविशेष प्रोत्साहनमूलककार्यक्रमहरू सञ्चालन गरी नागरिकहरूलाई बीमाको दायरामाल्याउने रणनीति पालिकाको रहेको छ ।
आर्थिक रूपमाविपन्नतथाकमजोर वर्गकानागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमाल्याउनपालिकाले सहुलियतपूर्ण बीमा योजनाहरू कार्यान्वयनमाल्याउने लक्ष्य राखेको छ । दुर्गम वा टाढाका बस्तीहरूमा बसोबास गर्ने परिवारहरूलाई बीमाप्रक्रियामा सहजताप्रदानगर्न घुम्ती बीमाशिविरहरू सञ्चालनगर्ने र बीमाआवेदनप्रक्रियालाई सरलीकरण गर्दै सूचनाप्रवाहलाई अझ सुदृढ बनाइनेछ। यसरी बीमाकाफाइदाहरूबारे स्पष्ट जानकारी गराउँदै र प्रक्रियालाई नागरिकमैत्रीबनाएर गुणस्तरीय स्वास्थ्य सेवामा सबैको समानपहुँच सुनिश्चितगर्ने पालिकाको दीर्घकालीनलक्ष्य रहेको प्रमुखनर्सिङ अधिकृत ओलीले जानकारी दिनुभयो ।
थप समाचार

राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!










