महिला, बालबालिका र अपाङ्गताको सवाल खजुराको प्राथमीकतामा
स्थानीय
महिला, बालबालिका र अपाङ्गताको सवाल खजुराको प्राथमीकतामा

खजुरा गाउपालिकाले महिला, बालबालिकातथाअपाङ्गताभएकाव्यक्तिहरूको संरक्षण, सशक्तीकरण र अधिकार प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्नप्रभावकारी कार्यक्रमहरू सञ्चालनगर्दै आएको छ। महिलातथाबालबालिकाशाखामार्फत अपाङ्गताभएकाव्यक्तिहरूसंग समन्वय बैठक आयोजनागरिएको छ, जसमा डेक नेपालको सहयोग रहेको छ। उक्त बैठकले अपाङ्गताभएकाव्यक्तिहरूका समस्या, आवश्यकता र समाधानकाउपायहरूबारे साझा समझविकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
त्यसैगरी, लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, बालश्रम तथाजातीयविभेद जस्ता सामाजिकविकृतिविरुद्ध सचेतनाअभिवृद्धि गर्न गाउँपालिकाका ८ वटै वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालनगरिएको छ। यस्ता कार्यक्रममार्फत समुदायमा रहेकामहिला, पुरुष, किशोर–किशोरी तथाअभिभावकहरूलाई कानुनीव्यवस्था, अधिकार र दायित्वबारे जानकारी दिइएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विविध सचेतनामूलककार्यक्रमहरू सञ्चालनगरिएको छ। अभियानको क्रममाजनतानमुनामाध्यमिकविद्यालयलगायतकाविद्यालयहरूमा डिजिटल साक्षरता, साइबर अपराध, बालविवाहतथाबालअधिकार सम्बन्धीविषयमाविशेष अभिमुखीकरण गरिएको छ, जसले विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार नागरिक बन्न सहयोग पु¥याएको छ।
बाल सहभागितालाई सशक्तबनाउने उद्देश्यले बालक्लबतथाबालक्लब सञ्जालका सदस्यहरूलाई सामुदायिकमनोसामाजिक हेरचाह सम्बन्धीतालिमप्रदानगरिएको छ। यस तालिमले बालबालिकाको मानसिक स्वास्थ्य, भावनात्मकविकास र सामाजिक सहयोग प्रणालीलाई मजबुतबनाएको छ।
जेष्ठनागरिकहरूको पहिचान र सेवापहुँच सहजबनाउन जेष्ठ नागरिक परिचयपत्रवितरण कार्य पनिनिरन्तर रूपमा अघि बढाइएको छ।यीकार्यक्रमहरूले खजुरा गाउँपालिकामा समावेशी, सुरक्षित र बालमैत्री समाजनिर्माणतर्फ महत्वपूर्ण योगदान पु¥याइरहेको खजुरा गाउँपालिकाकामहिलाविकास निरिक्षक सुशिलान्यौपानेले बताईन् ।
यसका साथै खजुरा गाउँपालिकाले असहाय, अनाथतथाजोखिममा परेकाबालबालिकाको संरक्षण र व्यवस्थापनकालागिबालसंरक्षण गृह सञ्चालनमाल्याएको छ। गाउँपालिकाभित्रकाअभिभावकविहीनभई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्यगर्न आफ्नै लगानीमापालिकाले ‘खजुरा बालसंरक्षण गृह’ सञ्चालनमाल्याएको हो।
गाउँपालिकाकाअध्यक्ष डम्बर विकले भने, ‘हरेक बालबालिकाको सपना, शिक्षा, माया र सुरक्षितभविष्यको अधिकार सुनिश्चितगर्नु स्थानीय सरकारको दायित्वहो। यो संरक्षण गृहले बालबालिकालाई केवलआश्रय मात्रदिने छैन, उनीहरूलाई आत्मनिर्भर र असलनागरिक बनाउनशिक्षा र स्वास्थ्यको समेत पूर्ण रूपमा सुनिश्चितगर्नेछ।’
उनले बालबालिकाको चौतर्फी विकास र न्यायपूर्ण वातावरणका लागि यो गृह कोशेढुङ्गा सावितहुने विश्वास व्यक्त गरे।
बालसंरक्षण गृहमाबालबालिकाकालागिखाने–बस्ने व्यवस्थासँगै उनीहरूको चौतर्फी विकासकालागिविशेष खाकातयार गरिएको छ। गृहमाआश्रित बालबालिकालाई नियमितविद्यालयशिक्षा र नियमित स्वास्थ्य परीक्षणको पनिउचितप्रबन्धगरिएको गाउँपालिकाकाउपाध्यक्षमञ्जु मल्लले बताए।
‘एउटा बच्चा सुरक्षित र शिक्षितहुनु भनेको सिङ्गो समाजको भविष्य सुरक्षितहुनु हो,’ उनले भने, ‘हामीले यो गृहमाआश्रय मात्रहोइन, एउटा असलपारिवारिक वातावरण दिनखोजेकाहौँ। यहाँबालबालिकाले ममता, संस्कार र आत्मनिर्भर बन्ने शिक्षापाउनेछन् ।’बालसंरक्षण गृहमाबालबालिकाको मानसिक र शारीरिक विकासकालागि खेलकुद सामग्री र पर्याप्तखुला ठाउँको व्यवस्थागरिएको छ। गृहलाई दिगो, सुरक्षित र भरपर्दो बनाउनतथाबालबालिकालाई हौसलादिन समाजका हरेक वर्गको साथ, सहयोग र सद्भावआवश्यक रहेको उनको भनाइ छ।
‘बालबालिकाको मुस्कान नै हाम्रो प्रेरणा हो’ भन्ने मूलनाराका साथ सञ्चालनमाआएको यस संरक्षण गृहमाआश्रित बालबालिकाको उज्यालो भविष्यनिर्माणका लागिगाउँपालिकाले नागरिकस्तरबाट पनि साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ। संरक्षण गृहमाबालबालिकाकालागि बस्न, खान, खेलकुदतथाअनौपचारिक शिक्षाको समेत उचितव्यवस्थामिलाइएको गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत दिलबहादुर पौडेलले बताए।
कठिन परिस्थितिबाट गुज्रेर आएकाबालबालिकालाई सामान्यजीवनमाफर्काउन स्नेहपूर्ण वातावरण र भविष्यमाआत्मनिर्भर बन्नकालागि सीपमूलकशिक्षाको समेत व्यवस्थागर्नेगरी गाउँपालिकाले पूर्वाधार र व्यवस्थापनको जिम्मालिएको छ ।
थप समाचार

राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!










