अन्तर्राष्ट्रिय

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षको सबैभन्दा लामो दिन ।

Samayapati

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार आज पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने समितिले जनाएको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुन्छ, यसले गर्दा दिन लामो हुने समितिका निमित्त कार्यकारी निर्देशक डा।सनतकुमार शर्माले बताउनुभयो ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मी हुने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । सामान्यतया जुन २१ तारिखलाई वर्षको लामो दिन र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।


प्रकाशित मिति: बिहिवार, असार २१, २०८०, ११:०८:००
प्रतिक्रिया दिनुहोस्