अन्तर्राष्ट्रिय

यस वर्ष देशभरका विद्यार्थीले समयमै किताब पाए शिक्षा मन्त्रालय ।

Samayapati

सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक ९किताब० प्राप्त गरेका जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी दिएको हो । वैशाख दास्रो हप्ताभित्रै देशभरका सबै विद्यार्थीको हातमा किताब पुगेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दीपक शर्माले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मको एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरूबाट कक्षा १ देखि ५ सम्मको एक करोड १८ लाख थान किताब छपाइ भएको मन्त्रालयले जनाएको छ । ७७ वटै जिल्लामा सूचीकृत भएका एक हजार दुई सय ६७ स्थानीय बिक्रेतामार्फत किताब बिक्रीरवितरण भइरहेको प्रवक्ता शर्माले बताउनुभयो । हीँकतै किताब नपुगेको भएमा जानकारी प्राप्त भएको दुई दिनभित्रै नजिकको बिक्रेताबाट उपलब्ध हुने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा यही वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ । प्रवक्ता शर्माले काठमाण्डौ महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय उसको अधिकारको विषय रहेको र मन्त्रालयमा आधिकारिक जानकारी आइनसकेको बताउनुभएको छ ।


प्रकाशित मिति: आइतवार, बैशाख १७, २०८०, ०५:०७:००
प्रतिक्रिया दिनुहोस्