मानव अधिकार सुनिश्चित गरौं, कानुनको शासन गरौ ’ भन्ने नारा सहित बैजनाथमा छलफल तथा बैठक सम्पन्न:
मनोरन्जन
दुनियाँलाई के थाहा भित्रि मुटुको दर्द के कस्तो छ!(गजल)

नरेश लम्साल पोखरा,
चर्को बचनले होइन, मिठोमा पीडा लुकेको छ!
बाहिर हाँस्दा के गर्नु, भित्री घाउ सुकिएको छ!!
मुटुको बोझले थिचिएर हास्यौ भनेर सोध्दछन!
तर को थाहा पाउँछ, मनभित्र आँसु टुक्रिएको छ!!
गरिखान सक्दैन भनेर जोगीको नामले हेरिन्छ!
समयले बनाएको कथा, आफ्नैले फेरिएको छ!!
बोल्दा मिठास भए पनि, मनमा विषालु विष छ!
आफ्नै मान्छेले, आफ्नैलाई शंखनाथ फुकेको छ!!
दुनियाँलाई के थाहा भित्रि मुटुको दर्द के कस्तो छ!
कसको मुखासम्म बोलौं, यहाँ विश्वास हराएको छ!!
मायाको नाममा रुदैँ, रुदै हाँसोमा पीडा समेटिन्छ!
मिठो बोलीको झुटमा, मन भित्रैदेखि टुटिएको छ!!
चर्को बचनमा छैन, यहाँ मर्म सितलताको छ!
सारा संसार हाँस्दै चल्छ, भित्र भत्किएको छ!!
संसारकै भिडमा जोगीले बाटो खोज्दै हिंड्छ!
आफ्नैले आफ्नालाई यहाँ पराइ बनाएको छ!!
प्रकाशित मिति: आइतवार, भदौ ९, २०८१, ०४:५३:००
																			
									
									
										प्रतिक्रिया दिनुहोस् 
										
									
									
																		थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!

											





						
						
						
						
						
						