मनोरन्जन

मैले हारमा पनि जित देखेर, युद्ध हारेको हुँ! (गजल)

Samayapati

       सरिता क्षेत्री जाजरकोट कुशे ९ पैक

 

कसैले चाहदैमा आफ्नो मुठ्ठीमा संसार हुदैन!

जस्तो कि गुलेलिले हानेर बाघको शिकार हुदैन!!

 

आजै देखि कि त उ हुनुपर्छ, कि त म हुनुपर्छ!

एउटै मियान भित्र दुइ-वटा🥀 तरवार हुदैन!!

 

उस्को🥀 सिर्फ एक वचनले यो मुटु रेटिएको हो!

यहांले कसरी भन्नू भो जिब्रोमा हतियार हुदैन!!

 

मैले हारमा पनि❣️ जित देखेर युद्ध हारेको हुँ!

तिम्रो जितमा कहिल्यै पनि मेरो हार हुदैन!!

 

म एउटा यस्तो घाटाको 💔व्यवसाय चलाई रहेथें

थाहा भो दुखको शहरमा ऑंसुको💕💕 ब्यापार हुंदैन!)


प्रकाशित मिति: आइतवार, जेठ १२, २०८२, ०७:३८:००
प्रतिक्रिया दिनुहोस्