मनोरन्जन

जुम्लाको आकाश मुनि पोखिएको छ एक छोराको हृदयबाट आमाप्रतिको प्रेम"।

Samayapati

राकेश आर.सी. जाजरकोट कुशे ९ पैक, हाल बारेकोट ७ गराग्लिचौर सीता मा.बि. को गणित शिक्षक।

आमा, म अहिले जुम्ला–कर्णालीको काखमा छु, या कुशेको साँधमा,

जहाँ दिन–रात झरी परिरहेछ, हिमपातले चिसो सन्देश बोकीरहेछ।

बेकाम पीडाको भारी बोकेर अन्तहीन जस्तो लाग्ने उराठ बस्तीहरू निहाल्दै छु।

तिमीले दिएको संस्कारको परिक्षामा उतीर्ण हुन समयसँग म निरन्तर दौडिरहेको छु।

साथी छन् पसिनाका थोपा, र आँसुसँग झरिरहेका चुनौतीका असिनाहरू।

काँडाहरू छन् धेरै — कहिले दु:खदायी, कहिले षड्यन्त्रले बुनिएका।

यो वियोगको क्षणमा, म गाउँको छेउतिरबाट पुर्व आकाशतिर टोलाइरहेछु, 

जहाँ हरेक चिसो बतास शिशिरको घाउजस्तै लाग्छ।

म क्रमशः गहिरिंदै छु, निउरिंदै छु आफ्नै अन्तर्मनभित्र।

पुर्व आकाश झुकिएकोजस्तो लाग्छ, कमलजस्तो चाति दुखेको अनुभूति हुन्छ।

रानिवनको जंगल सुकेकोजस्तो देखिन्छ, र पर–परसम्मको पीडा, मेरो मुटुभित्र कराइरहेछ।

यदि तिमीलाई भेट्न पाउने थिएँ भने, यो मन कति शान्त हुन्थ्यो होला।

तर अब… मुटुलाई दुई हातले थिचेर, भित्रभित्रै हिक्क–हिक्क गर्दै रोएँ, पिडालाई आत्मसात् गर्दै यस यात्रामा म पौडिरहेको छु।

धेरैपटक रोएँ, आँसुले नै मनलाई धोएँ, र अहिले पनि, मेरो हृदयको गहिरो मझेरीमा ताजै छ तिमीप्रतिको सम्झना।

यसरी, आमा तिमीलाई समर्पण गर्दैछु – यी श्रद्धाञ्जलीका अक्षरहरू… --- ❤️

 


प्रकाशित मिति: मंगलबार, श्रावण १४, २०८२, ०७:१९:००
प्रतिक्रिया दिनुहोस्