स्थानीय

मध्यपश्चिम विश्वविद्यालयको पहल: अनुसन्धान अब प्रभावमा।

Samayapati

अनुसन्धानबाट दिगो प्रभावतर्फ: MUMIC–2026 को Research-to-Impact Track मार्फत विश्वविद्यालय, उद्योग नीति समन्वयको नयाँ अध्याय सुरु गर्न लागिएको छ ।

नेपालको उच्च शिक्षालाई अनुसन्धान–केन्द्रित मात्र नभई प्रभाव–केन्द्रित बनाउने दीर्घदृष्टिका साथ Mid-West University ले आगामी अप्रिल २४–२६, २०२६ मा नेपालको कर्णाली प्रदेशको राजधानीमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय सुर्खेतमा आयोजना गर्न लागेको हो ।

यसैगरि विश्वविद्यालयले Mid-West University Multidisciplinary International Conference 2026 (MUMIC–2026) अन्तर्गतको Research-to-Impact Track राष्ट्रिय शैक्षिक रूपान्तरणको महत्वपूर्ण पहलकदमीका रूपमा स्थापित गर्ने विश्वास छ । यस ट्र्याकका तथा पोलिसी ल्याव संयोजक तथा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक डा यदु प्रसाद ज्ञवाली (Directorate of International Relations का कार्यकारी निर्देशक तथा Policy Lab का संयोजक Dr. Yadu Prasad Gyawali) का अनुसार, विश्वविद्यालयीय अनुसन्धानलाई प्रकाशनमा सीमित नराखी सामाजिक, आर्थिक र नीतिगत प्रभावमा रूपान्तरण गर्नु आजको अपरिहार्य आवश्यकता ठानिएको हो ।

कार्यक्रमले Research-to-Impact Track ले विचार–प्रोटोटाइप–उद्यम–नीति कार्यान्वयनसम्मको संरचित मार्गदर्शन प्रदानगरी नवप्रवर्तन संस्कृतिको संस्थागत विकास गर्ने आशा राखेको छ । वरिष्ठ विज्ञ तथा शैक्षिक नेतृत्वका प्रख्यात व्यक्तित्व Prof. Dr. Chandra Prasad Rijal ले यस पहललाई “नेपालको अनुसन्धान प्रणालीमा उत्तरदायित्व, गुणस्तर र प्रभावकारिताको नयाँ मापदण्ड” का रूपमा व्याख्या गर्दै भनेका छ्न ज्ञान तब मात्र सार्थक हुन्छ जब त्यसले समुदाय र राष्ट्रको जीवनस्तर उकास्न ठोस योगदान पुर्‍याउँछ। यो ट्र्याकले विश्वविद्यालय–उद्योग–सरकार बीचको सहकार्यलाई प्रणालीगत रूपले सुदृढ बनाउनेछ। विश्वविद्यालयका Vice Chancellor Prof. Dr. Dhruba Kumar Gautam ले आफ्नो धारणा व्यक्त गर्दै भनेका छ्न कि “Mid-West University ले दिगो विकास लक्ष्यसँग अनुरूप अनुसन्धानलाई राष्ट्रिय समृद्धिको साधनका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता लिएको छ। Research-to-Impact Track हाम्रो संस्थागत रणनीतिको केन्द्रीय अङ्ग हो, जसले विश्वविद्यालयलाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने विश्वास छ।”त्यसैगरी, विश्वविद्यालयका रजिस्ट्रार Prof. Dr. Shobhakhar Kandel ले प्रशासनिक तथा नीतिगत संरचनालाई नवप्रवर्तन–मैत्री बनाउने प्रतिबद्धता जनाउँदै भनेका छन, “हामी बौद्धिक सम्पत्ति व्यवस्थापन, प्रविधि हस्तान्तरण, र उद्यमशील सहकार्यका लागि सक्षम संरचना विकास गर्दैछौँ, जसले अनुसन्धानकर्तालाई प्रयोगशालादेखि बजारसम्मको यात्रामा सहजीकरण समेत गर्ने छ।”विभिन्न संकायका डीनहरूले यस ट्र्याकलाई अन्तरविषयक सहकार्य सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन्। उनीहरूका अनुसार, “शिक्षा, कृषि, वन, व्यवस्थापन, विज्ञान तथा सामाजिक विज्ञानबीचको सहकार्यले मात्र समावेशी र दिगो समाधान सम्भव हुन्छ।

Research-to-Impact Track ले यही अन्तरसम्बन्धलाई क्रियात्मक आयाम प्रदान गर्दछ।”यस ट्र्याकले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी विकास एजेन्डासँग सामञ्जस्य राख्दै निम्न क्षेत्रमा प्रस्ताव आमन्त्रण गरेको छ:• शिक्षा तथा डिजिटल रूपान्तरण• जलवायु परिवर्तन र दिगो कृषि• स्वास्थ्य तथा सामुदायिक विकास• कृत्रिम बुद्धिमत्ता तथा उदीयमान प्रविधि• आदिवासी ज्ञान प्रवर्द्धन तथा सांस्कृतिक नवप्रवर्तनआगामी मार्च २०, २०२६ सम्म अवधारणा पेश गर्न सकिने छ। विशेषज्ञ मूल्यांकन पश्चात् छनोट भएका सहभागीहरूलाई भर्चुअल Venture Bootcamp, Scaling Workshop, Investor Connect तथा प्रत्यक्ष पिचिङ सत्रमार्फत उद्योग, लगानीकर्ता र नीतिनिर्मातासँग अन्तरक्रिया गर्ने अवसर प्रदान गरिनेछ। उत्कृष्ट नवप्रवर्तनहरूलाई MUMIC Innovation Award, Best Research-to-Impact Award तथा इन्क्युबेशन सहयोग उपलब्ध गराइनेछ।

समग्रमा, Research-to-Impact Track केवल सम्मेलनको एक उपखण्ड होइन; यो अनुसन्धानलाई कार्यान्वयन, नवप्रवर्तनलाई उद्यम, र ज्ञानलाई दिगो प्रभावमा रूपान्तरण गर्ने शैक्षिक आन्दोलन हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, उद्योग प्रतिनिधि र नीतिनिर्माताहरूलाई यस दूरदर्शी पहलमा सहभागी भई नेपालको नवप्रवर्तन भविष्य निर्माणमा सहकार्य गर्न हार्दिक आह्वान गरिएको छ ।


प्रकाशित मिति: शुक्रवार, चैत्र ६, २०८२, ०२:२७:००
प्रतिक्रिया दिनुहोस्