स्थानीय

सिद्धिविनायक सामुदायिक वनको २७औँ साधारण सभा तथा २२औँ सार्वजनिक सुनुवाइ सम्पन्न

Samayapati

कोहलपुर, बाँके । सिद्धिविनायक ग्रामीण सामुदायिक वन उपभोक्ता समूह, कोहलपुर–२, बाँकेको आर्थिक वर्ष २०८२/०८३ को २७औँ साधारण सभा तथा २२औँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा सामुदायिक वनको वार्षिक गतिविधि, प्रगति, आय–व्यय तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। सार्वजनिक सुनुवाइमार्फत समूहले वन संरक्षण तथा व्यवस्थापनमा गरेका काम, आम्दानी–खर्च र उपभोक्तासँग सम्बन्धित गतिविधिबारे जानकारी गराएको थियो।

कार्यक्रममा समूहका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, उपभोक्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। साधारण सभामा प्रस्तुत विषयमाथि सहभागीहरूले आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए।

सामुदायिक वन संरक्षण, वन पैदावारको उचित व्यवस्थापन, उपभोक्ताको हित तथा वनबाट प्राप्त स्रोतको पारदर्शी र दिगो उपयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा उपस्थित उपभोक्ताहरूले सामुदायिक वनको संरक्षणसँगै वन क्षेत्रमा हुने गतिविधिलाई अझ प्रभावकारी र पारदर्शी बनाउनुपर्ने सुझाव दिएका थिए। साधारण सभाले आगामी वर्षका लागि वन संरक्षण, व्यवस्थापन तथा उपभोक्तामुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको छ।


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३, ०१:०३:००
प्रतिक्रिया दिनुहोस्