बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
स्थानीय
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न

बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको हो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका तथा नागरिक समाजसँग सम्बन्धित विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। साथै, स्थानीयस्तरमा जनतालाई प्रभावकारी सेवा प्रदान गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले हस्ताक्षर गर्दै बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








