सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
मनोरन्जन
विश्वासका तिनै हातहरु बादल झै आजभोलि हराए! (गजल)

मेरो जिन्दगी पनि पीडाको तराजुमा तोलिएछ!
खुशीका ती सपना सबै आँसुमा पो घोलिएछ!!
फक्रिएला भनेर माया रोपें मैले मनको बारीमा!
तर काँडाको झाडमा किन मेरो फूल पो बिस्रिएछ!!
विश्वासका तिनै हातहरु बादल झै आजभोलि हराए!
साथ दिनेहरू दुनियाँको सम्झनामा त होलिएछन!!
समयको नदीले किनारा बगाउँदा मैले थाहा पाइनँ,!
तिनै भरोसाका किनारा अब खरानी पो पोतिएछ!!
हिँड्दा हिँड्दै जिन्दगीको बाटो यस्तो भएर आयो!
जहाँ घामको किरण पनि तिमी बिना ओइलिएछ!!
प्रकाशित मिति: आइतवार, भदौ २, २०८१, ०१:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!