मनोरन्जन

उपहार त मुटु दिने मन थियो, तर त्यही मुटु घाइते छ।

Samayapati

**कविता**

उपहार त मुटु दिने मन थियो,

तर त्यही मुटु घाइते छ।

तिमीलाई फूलले सिंगार्न खोजें,

तर त्यो फूल नि ओइलिएछ।

 

प्रेमको बाटोमा हिंड्दा,

शूलले मलाई घेरेछ।

सधैं मुस्कुराउन चाहन्थें,

तर ओठहरू नि रोइएछ।

 

तिमीलाई खुसी दिने मन थियो,

तर भाग्यले मलाई लुटेछ।

माया गरें तिमीलाई धेरै, तर

त्यो माया छुटेछ।

 

हर रात तिमीलाई सम्झेर,

निद्रा पनि टुटेछ।

उपहार त मुटु दिने मन थियो,

तर त्यही मुटु घाइते छ।


प्रकाशित मिति: आइतवार, श्रावण २७, २०८१, ०७:५१:००
प्रतिक्रिया दिनुहोस्