मनोरन्जन

घरघरमा नेता धाउन थाले भोट माग्दै ! (गजल )

Samayapati

सजन कुमार आर. सी. जन्मस्थान जाजरकोट कुसे             ९  हाल कोहलपुर आर .सी टोल बाँके .  

       चुनावी गजल✍️

घरघरमा नेता धाउन थाले भोट माग्दै !

बेकारका नारा लाउन थाले भोट माग्दै !!

 

कहिल्यै नदेखिएका र नचिनिएका नेताले !

मिठो साईनो लगाउन थाले भोट माग्दै !!

 

अधबैंसे अधबैंसे महिलाहरु पनि आएर !

मुसुक्क हाँस्दै लजाउन थाले भोट माग्दै !!

 

खसि कुखुरा भैसि राँगा सुँगुर बंगुर काटेर !

मासु खुवाई फकाउन थाले भोट माग्दै !!

 

बियर ठर्रा कच्ची पक्की दारु भन्नेजति !

ठेक्का हान्दै खुवाउन थाले भोट माग्दै !!

 

सबैले जित्ने होइनन् जित्ने एउटैले हो !

ब्यर्थमै सम्पत्ति उडाउन थाले भोट माग्दै !!


प्रकाशित मिति: सोमवार, बैशाख २६, २०७९, ०६:५८:००
प्रतिक्रिया दिनुहोस्