स्थानीय

कोहलपुर नगरपालिकाको ११ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम सहीत सम्पन्न।

Samayapati

कोहलपुर नगरपालिकाले ११ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आज विहान ६ बजे कोहलपुर नगरपालिकाबाट सुरु गरीएको प्रभातफेरी कोहलपुर खुल्ला मन्चमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश क्षेत्र नं १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । कोहलपुर बनाउनको लागि राष्ट्रको ध्यान खिच्न सक्नुपर्ने धारणा राख्दै यहाँको समग्र विकासका निम्ति जनताले जनप्रतिनिधिहरुलाई साथ दिनुपर्नेमा उहाँको भनाइ रहेको थियो ।

राजनैतिक परिवर्तन ल्याउन केहि दल ब्यक्तिले संभव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपुर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति हामीले जहावाट भुमिका खेलिरहेका छौं त्यहाँ हामीले कत्तिको ईमान्दारीता र जवाफदेहिता दिईरहेका छौं भन्ने कुराले ठुलो महत्व राख्ने बताउनुभयो । ढकालले कोहलपुर नगरपालिका शैक्षिक, स्वास्थ खेलकुद र पर्यटकिय संभावना बोकेको शहर हो तर यस दिशातर्फ जान हामी के कुरामा अलमलमा परेका छौं उक्त कुराको पहिचान गर्दै सबै सरोकारवाला मिलेर एक्यबद्धता र प्रतिबद्धता गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले आफु जनप्रतिनिधि भएर पनि कोहलपुरको विकासमा खासै सन्तुष्टि नभएको बताउदै कोहलपुरको विकासको निम्ति सम्पुर्ण कोहलपुर बासिन्दाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले कोहलपुरमा राम्रो कामको प्रशन्सा गर्नु भन्दा नराम्रो काम खोतल्दै बिरोध सिर्जना गर्ने प्रवृति बढेको हुँदा यि सब कुराले बिकासमा अवरोध सिर्जना गरेको बताउनु भयो । कार्यक्रममा लुम्वीनी प्रदेश सांसद दुर्गा चौधरी , कृष्ण केसि नमुना , बसन्ती अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


प्रकाशित मिति: मंगलबार, बैशाख २५, २०८१, ०८:०७:००
प्रतिक्रिया दिनुहोस्