कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा भीषण आगलागी, लाखौंको क्षति !
राष्ट्रिय
सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छनबिन गर्न समिति गठन गर्नुपर्ने कांग्रेसको माग कायमै ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले लामिछानेमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीशजस्तो गरी ुक्लिनचिटु दिएको बताउनुभयो ।
यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री बनेका गौतमले बताउनुभयो । संसदीय छानबिन समिति नबनेमा कांग्रेस संसद् अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!