संघर्ष दलित महिला तथा ऋण सहकारी सस्थाको १९औं साधारण सभा भव्य रूपमा सम्पन्न!
स्थानीय
कोहलपुर नगरपालिका स्तरीय मेयरकप तथा राष्ट्रपति रनिङशील खेलकुद छनोट प्रतियोगिता–२०८२ सुरु!

बाँकेको कोहलपुरमा नगरपालिका स्तरीय अन्तर–आधारभूत तथा माध्यमिक विद्यालयबीचको मेयरकप एवं राष्ट्रपति रनिङशील खेलकुद छनोट प्रतियोगिता–२०८२ कोहलपुरको कृष्ण मा. बिमा भव्य रूपमा सुरु भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मङ्सिर २५ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कोहलपुर नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो।
कोहलपुर नगरस्तरीय खेलकुद विकास समितिका संयोजक चक्र क्षेत्रीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मेयर आचार्यले खेलकुद केवल प्रतिस्पर्धा नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अत्यावश्यक माध्यम भएको प्रष्ट पारे। उनले भने— “कोहलपुरलाई खेलकुदमै अगाडि लैजाने हाम्रो लक्ष्य छ। विद्यालय तहबाट विहानै प्रतिभा चिनिन्छ, त्यसैले यस्ता प्रतियोगिताले भविष्यका खेलाडी उत्पादन गर्ने आधार तयार गर्छन्।” उनले स्थानीय सरकार विद्यालयमै खेल पूर्वाधार विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यार्थीलाई खेलकुदमा सक्रिय सहभागिताको आह्वान गरे।
विशिष्ट अतिथि उपमेयर संगीता सुवेदीले खेलकुदले विद्यार्थीमा आत्मअनुशासन, नेतृत्व, राष्ट्रियता र आत्मविश्वास वृद्धि गर्ने बताइन्। उनले भनिन्— “छोरी–छोराबीच समान अवसर दिनुपर्ने हाम्रो प्राथमिकता हो। खेलमै छिपेका असाधारण प्रतिभा अब बाहिर आउनेछन्।”
त्यसैगरी विशिष्ट अतिथि कमलादेवी मल्लले कोहलपुरको खेलकुदको इतिहासलाई अर्को उचाइमा पुर्याउने र विद्यालयबाटै संरचित खेलकुद वातावरण बनाउने आवश्यकता औंल्याइन्। कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले नगरपालिकाले खेलकुद तथा छात्रछात्राको क्षमता विकासमा वर्षेनि बढ्दो लगानी गरिरहेको बताउँदै यस वर्षको प्रतियोगिता व्यवस्थित, मर्यादित र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
अन्य अतिथिहरूको संयुक्त भनाइ अनुसार कार्यपालिका सदस्य अनिता कुमारी बुढा क्षेत्री, सुनिता कुमारी राणाविष्ट, भोबहादुर दर्जी, साथै बलपुर नगरपालिकाका १५ वटै वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले खेलकुदले समुदायलाई एकताबद्ध बनाउने र कोहलपुरलाई ‘खेल–मुखी नगरपालिका’ बनाउन सबै संस्थाको योगदान अपरिहार्य रहेको संयुक्त धारणा व्यक्त गरे। उनीहरूका अनुसार “विद्यालय–स्तरमै सुरु हुने स्वस्थ प्रतिस्पर्धाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउँछ। यसका लागि सबैको हातेमालो आवश्यक छ।”
अध्यक्ष चक्र क्षेत्रीका अनुसार कोहलपुरमा खेलकुदको स्तर उकास्न नगरपालिका, विद्यालय, अभिभावक र समुदायको समान योगदान आवश्यक रहेको औंल्याए। उनले भने— “यो केवल प्रतियोगिता होइन, कोहलपुरका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने अभियान हो।” उनले प्रतियोगितामा सबै टिमलाई खेलभावनासहित सहभागी हुन अनुरोध गर्दै सफल सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। आजको व्यापक सहभागिता उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, खेलप्रेमी, अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा विद्यालय स्तरीय एथलेटिक्स, फुटबल, भलिबल लगायत विविध खेलहरूमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








