प्रगतिशील लोकतान्त्रिक पार्टी बाँकेको प्रथम एकताको जिल्ला भेला सम्पन्न !
स्थानीय
प्रगतिशील लोकतान्त्रिक पार्टी बाँकेको प्रथम एकताको जिल्ला भेला सम्पन्न !

प्रगतिशील लोकतान्त्रिक पार्टी बाँकेको प्रथम एकताको जिल्ला भेला ‘उन्नत विकाससहितको विकल्प’ भन्ने मूल नाराका साथ २०८२ साल पौष १९ गते कोहलपुरमा सम्पन्न भएको छ।
भेलाले पार्टीभित्र एकता सुदृढ गर्नु, संगठन विस्तार गर्नु तथा जनताको आवश्यकता अनुसार वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बाँकेका अध्यक्ष दिपक शर्मा ‘हिमाल’को अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगप्रसाद शर्मा (अपार) अतिथि यस्तै, लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मा, पुनरावेदन विभाग प्रमुख तिलक शर्मा, लुम्बिनी प्रदेश परिषद् अध्यक्ष बुद्ध सुनारलगायतका नेता तथा कार्यकर्ताहरू अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अतिथि जगप्रसाद शर्मा (अपार)ले वर्तमान राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले उन्नत विकास, सुशासन र समावेशी लोकतन्त्रसहितको स्पष्ट राजनीतिक विकल्प अघि सारेको बताए। उनले संगठनलाई आधारभूत तहसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष जोडिन कार्यकर्तालाई आग्रह गरे।
अतिथि तिलक शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र, अनुशासन र विधिसम्मत प्रक्रिया मजबुत हुनुपर्नेमा जोड दिए। संगठन सुदृढ भए मात्र राजनीतिक उद्देश्य सफल हुने उनको भनाइ थियो। त्यस्तै अतिथि लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्माले प्रदेशस्तरमा पार्टी संगठन क्रमशः विस्तार भइरहेको जानकारी दिँदै बाँके जिल्ला संगठन निर्माणमा उदाहरणीय बन्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश परिषद् अध्यक्ष बुद्ध सुनारले दलित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नु पार्टीको प्राथमिक दायित्व भएको बताए। सामाजिक न्याय बिना दिगो विकास सम्भव नहुने उनको धारणा थियो। अन्य अतिथिहरूले संयुक्त रूपमा मन्तव्य राख्दै पार्टी एकता, संगठन विस्तार तथा वैकल्पिक राजनीतिक सोचलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।
जिल्ला भेलाले बाँके जिल्ला समन्वय समिति घोषणा गरेको छ। घोषणा अनुसार दीपक शर्मा प्रमुख र दिनेश गुरुङ सचिव रहने गरी ५१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ। समापन मन्तव्य राख्दै अध्यक्ष दिपक शर्मा ‘हिमाल’ले एकताको जिल्ला भेलाले बाँकेमा पार्टी संगठनलाई नयाँ दिशा दिएको उल्लेख गरे। त्यस्तै परिषद अध्यक्ष यज्ञ पोख्रेल सहित ले पार्टीको नीति, कार्यक्रम र उद्देश्य जनस्तरसम्म पुर्याउन सबै कार्यकर्ता सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। जिल्ला भेलामा करिब ३५० जनाको सहभागिता रहेको थियो।
नोट: पार्टीले माघ ६ गतेदेखि २२ गतेसम्म बाँकेका ८ वटा पालिकामा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!







