वित्तीय अनुशासनमा जोड, आर्थिक सशक्तीकरणका लागि महुली लघुवित्तको गोष्ठी सम्पन्न।
स्थानीय
वित्तीय अनुशासनमा जोड, आर्थिक सशक्तीकरणका लागि महुली लघुवित्तको गोष्ठी सम्पन्न।

“वित्तीय अनुशासनको पालना गरौं, उज्ज्वल भविष्यको निर्माण गरौं” भन्ने मूल नारासहित महुली लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर–१ शाखाको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ।
“सबैको लागि, सधैंको लागि” भन्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्व, ऋणको सही उपयोग तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको हो।
अध्यक्ष यमुना थारुको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि बर्दी प्रसाद जैसीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै वित्तीय साक्षरताले व्यक्तिलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बचत गर्ने बानी, समयमै ऋण तिर्ने संस्कार तथा साना लगानीलाई उत्पादनमुखी क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिए।
विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालयका प्रमुख कमल बुढाथोकी ले आर्थिक अनुशासन कायम भए समाजमा सकारात्मक परिवर्तन आउने उल्लेख गर्दै वित्तीय संस्थासँगको सहकार्यले नागरिकलाई सचेत बनाउन सहयोग पुग्ने बताए।
त्यस्तै विशेष अतिथि कोहलपुर २ नम्बर प्रहरी बिटका प्रहरी प्रमुख नन्दबहादुर परियार ले वित्तीय कारोबार पारदर्शी र जिम्मेवार हुनुपर्ने धारणा राखे। कार्यक्रममा केन्द्रीय अनुगमन अधिकृत कृष्णबहादुर न्यौपानी तथा शाखा प्रमुख पूर्णबहादुर राउत ले संस्थाले समुदायस्तरमा वित्तीय पहुँच विस्तार, बचत प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा गरिरहेको कामबारे जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन दिपेन्द्र चौधरीले गरेका थिए। गोष्ठीमा केन्द्र प्रमुख तथा सेवाग्राहीहरूको उत्साहजनक सहभागिता रहेको थियो। अन्त्यमा अध्यक्ष यमुना थारुले सहभागी तथा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!









