स्थानीय

२५ बर्ष देखि साइकलमा घुमेर पत्रकारिता गदै पत्रकार दिनेश ठाकुर

Samayapati

बाँके, नेपालगञ्ज।
समाचारको खोजीमा २५ वर्षदेखि निरन्तर साइकलमै गाउँ–गाउँ र टोल–टोल पुग्दै पत्रकारिता गरिरहेका बाँकेका पत्रकार दिनेश ठाकुर अहिले पनि आफ्नो अभियानलाई निरन्तरता दिइरहेका छन्।

पत्रकारितालाई केवल पेशा नभई सामाजिक जिम्मेवारीका रूपमा लिएका ठाकुरले दुर्गम बस्तीका नागरिकका आवाजलाई सञ्चार माध्यममार्फत सार्वजनिक गर्दै आएका छन्। मोटरसाइकल वा अन्य सवारीसाधनको सहज पहुँच हुँदाहुँदै पनि उनले साइकललाई आफ्नो पहिचान र यात्राको माध्यम बनाएका छन्।

ठाकुरका अनुसार, "समाचारको लागि सधैं यात्रामै छु, सत्य र तथ्य नै मेरो पहिचान हो।" यही सोचका साथ उनी वर्षौंदेखि समुदायका समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य र जनजीविकासँग सम्बन्धित विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन्।

स्थानीयस्तरमा उनको समर्पण, इमानदारी र निरन्तर मेहनतलाई पत्रकारिता क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ। साइकल यात्रामार्फत पत्रकारितालाई जनतासँग अझ नजिक पुर्‍याउने उनको अभियानले नयाँ पुस्ताका पत्रकारलाई समेत प्रेरणा दिएको छ।


प्रकाशित मिति: सोमवार, असार २२, २०८३, ०२:०७:००
प्रतिक्रिया दिनुहोस्