कोहलपुर नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण!
स्थानीय
कोहलपुर नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण!

कोहलपुर ,बाँके ,
कृषिलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई विभिन्न आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको छ।
नगरपालिकाको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत नगरभित्रका कृषक, कृषक समूह, कृषि फार्म तथा कृषि सहकारीहरूलाई ती उपकरण वितरण गरिएको हो।
नगरपालिकाका अनुसार माग र आवश्यकताका आधारमा २२ एच.पी. को पावर टिलर ६ थान र १८ एच.पी. को पावर टिलर ३ थान कृषि फार्म तथा कृषक समूहलाई वितरण गरिएको छ। यसैगरी, ९३ थान ९ एच.पी. को मिनी टिलर र ३ थान रिपर कृषक, समूह, फार्म तथा सहकारीलाई हस्तान्तरण गरिएको कृषि शाखाले जनाएको छ। कृषि उपकरण हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी प्रविधिको प्रयोग बढाउन यो कार्यक्रम ल्याइएको बताउनुभयो। "समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कोहलपुर निर्माण गर्ने हाम्रो लक्ष्य हो," नगर प्रमुख आचार्यले भन्नुभयो, "यस कार्यक्रमले किसानहरूको श्रम, समय र उत्पादन लागत घटाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
" त्यस्तै, कार्यक्रमकी विशिष्ट अतिथि एवं नगर उपप्रमुख संगीता सुवेदीले आधुनिक कृषि प्रविधिको प्रयोगलाई विस्तार गर्दै कृषिलाई अझ प्रतिस्पर्धी, उत्पादनमुखी र आत्मनिर्भर बनाउन नगरपालिकाको अभियान निरन्तर अघि बढ्ने उल्लेख गर्नुभयो।
कोहलपुर नगर कृषि प्रमुख चन्द्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले कृषि यान्त्रिकीकरणले कृषकको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सामाजिक बिकास शाखाका संयोजक ईस्वरी प्रसाद बिश्वकर्मा लगायत विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीय कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो। ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण पाएपछि स्थानीय किसानहरूले खुसी व्यक्त गरेका छन्। कोहलपुर नगरपालिकाले आगामी दिनमा पनि यस्ता किसानमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। यसलाई ५० शब्दमा स्टाटस लेख्नुहोस
थप समाचार

.jpg)
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!




.jpg)




