“ अबको एक भोट जाजरकोटकी छोरी चेली सुमी खड्कालाई, अर्को जित सिङ्गो कर्णालीलाई”
स्थानीय
“ अबको एक भोट जाजरकोटकी छोरी चेली सुमी खड्कालाई, अर्को जित सिङ्गो कर्णालीलाई”

कर्णाली प्रदेश, जाजरकोटकी सुमी खड्काले राष्ट्रिय रियालिटी शो ‘द स्पिकिङ टाइटन’ मा उत्कृष्ट प्रदर्शन गर्दै टप–६ फाइनलिस्टको सूचीमा आफ्नो स्थान सुरक्षित गरेकी छिन्।
हजारौँ प्रतिस्पर्धीबीचबाट अगाडि बढ्दै फाइनल चरणमा प्रवेश गर्नु सुमीको व्यक्तिगत सफलता मात्र होइन, कर्णाली र जाजरकोटका लागि पनि गर्वको क्षण बनेको हो।
डिजिटल अडिसनमा सहभागी तीन हजारभन्दा बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै सुमी फिजिकल अडिसन हुँदै टप–५०, टप–३०, टप–२०, टप–१५ र टप–१० को कठिन यात्राबाट फाइनलसम्म आइपुगेकी हुन्। प्रत्येक चरणमा उनले आफ्नो प्रस्तुति, विचारको स्पष्टता र आत्मविश्वासमार्फत निर्णायक तथा दर्शकको मन जित्दै अघि बढिन्। हाल चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत सुमी पेशागत रूपमा समेत सक्रिय छिन्।
अध्ययन, करियर र अभ्यासलाई सन्तुलनमा राख्दै उनले राष्ट्रिय मञ्चमा कर्णालीको प्रतिनिधित्व गरिरहेकी छन्। भाषणका हरेक शब्दमा उनले आफ्नै संघर्ष मात्र होइन, आफ्नो माटोको पीडा, सपना र सम्भावनालाई समेत समेटेकी देखिन्छिन्। सामान्यतया अवसर कम भएको, पछि परेको क्षेत्रका रूपमा चिनिने कर्णालीबाट राष्ट्रिय स्तरमा यस्तो सफलता हासिल हुनु प्रेरणादायी बनेको छ। सुमीको यो उपलब्धिले कर्णालीका युवा र युबतीहरूमा नयाँ आत्मविश्वास जगाएको छ भने छोरीहरूले पनि आफ्नो क्षमता र आवाजका साथ देशव्यापी पहिचान बनाउन सक्छन् भन्ने सन्देश दिएको छ। आफ्नो यात्राबारे सुमी भन्छिन्, “यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन। कर्णालीको आवाज राष्ट्रिय मञ्चमा पुग्नु नै मेरो लक्ष्य हो।
अब यो यात्रालाई जितमा बदल्न सबैको साथ र भोट आवश्यक छ।” अब सुमीको फाइनल यात्रा देशभरका दर्शक, शुभेच्छुक र समर्थकको समर्थनमा निर्भर छ। उनको सफलता केवल एक उपाधि मात्र होइन—कर्णालीको आवाज, जाजरकोटको गर्व र सपनाहरूको जित हो।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!







