संघर्ष दलित महिला तथा ऋण सहकारी सस्थाको १९औं साधारण सभा भव्य रूपमा सम्पन्न!
स्थानीय
संघर्ष दलित महिला तथा ऋण सहकारी सस्थाको १९औं साधारण सभा भव्य रूपमा सम्पन्न!

बाँकेको कोहलपुर–२ मा अवस्थित संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं साधारण सभा कार्यक्रम शुक्रवार कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सहकारीले यस वर्षको साधारण सभाले विशेषगरी सदस्यहरूको वित्तीय पहुँचलाई सहज बनाउने, दलित महिलामा सीप–उद्यम विकासलाई प्राथमिकता दिने, संस्थाको पारदर्शिता र सुशासनलाई मजबुत गर्ने, तथा जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन संस्थाले अघि सारेका मुख्य उद्देश्यहरू प्रस्तुत गरिएको हो।
सहकारीकी अध्यक्ष सीता कुमारी विकको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रेमबहादुर शाहले पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै शाहले भने— “सहकारी आन्दोलन नेपालकै आर्थिक मेरुदण्डको रूपमा स्थापित भइसकेको छ। बचत तथा ऋण सहकारीहरूले दलित महिला, विपन्न समुदाय र सीमान्तकृत वर्गलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। सहकारी केवल रकम कारोबार गर्ने संस्था होइन, सामाजिक उत्तरदायित्व र समुदाय विकासमा समान रूपमा समर्पित संस्थागत संरचना हो।” शाहले संस्थाले पछिल्ला वर्षमा देखाएको प्रगति, पारदर्शिता र संस्थागत दिगोपनाको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कामको अपेक्षा व्यक्त गरे।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक तथा संस्थाका वरिष्ठ सल्लाहकार ईश्वरी प्रसाद विश्वकर्माले सहकारीले दलित समुदायको जीवनस्तर उकास्न गरेको योगदानलाई उच्च मूल्याङ्कन गरे। उनले सहकारीका कार्यक्रमहरू स्थानीय तहको विकास योजना संग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
त्यसैगरी दलित सेवा संघका केन्द्रिय महासचिव कृष्ण बहादुर बिकले दलित महिला सशक्तिकरणका लागि सहकारीले गरेको लगानी, तालिम तथा उद्यम प्रवर्द्धन गतिविधि उदाहरणीय रहेको उल्लेख गरे। कार्यक्रममा पूर्व अध्यक्ष सितला परियार, दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनारलगायतका अतिथिहरूले पनि शुभकामना व्यक्त गर्दै सहकारीले सामुदायिक समृद्धिका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।
कारोबार र आर्थिक प्रतिवेदन सहकारीका अनुसार यस वर्ष साधारण सभामा कुल १४६ समूहको प्रतिनिधित्व गर्दै ३ हजारको सेरोफेरोमा शेयर सदस्य रहेको जनाएको छ। सहकारीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदनअनुसार, कुल कारोबार रकम १ करोड २९ लाख २४ हजार ३ सय ३८ रुपैयाँ ९ पैसा पुगेको छ। खुद नाफा ५ लाख ७३ हजार २ सय ८९ रुपैयाँ ३२ पैसा रहेको छ। यो आर्थिक उपलब्धिले सहकारीको व्यवस्थापन, वित्तीय परिचालन र सदस्यहरूको सक्रिय सहभागिताले संस्थालाई स्थायित्वतर्फ डोर्याइरहेको स्पष्ट गरेको छ।
कार्यक्रमको सहजीकरणमा सहकारीकी व्यवस्थापक तुल्सी सुनारको महत्वपूर्ण भूमिका रहेको थियो। उनले वार्षिक प्रतिवेदन, गतिविधि विवरण तथा आगामी वर्षका लक्ष्यहरू सुव्यवस्थित रूपमा प्रस्तुत गरिन। अध्यक्षको समापन मन्तव्य कार्यक्रमको अन्त्यमा अध्यक्ष सीता कुमारी विकले सम्पुर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै सहकारीको दिगो विकासका लागि सबै सदस्य, सल्लाहकार, स्थानीय सरोकारवाला तथा अतिथिहरूको निरन्तर साथ–सहयोग आवश्यक रहेको बताइन्। उनी भन्छिन्— “आगामी वर्ष सहकारीले दलित महिला उद्यमशिलता, वित्तीय पहुँच वृद्धि र सदस्य–मुखी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने बताउदै औपचारिक कार्यक्रमको समापन गरेकी थिइन ।”
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








