स्थानीय

स्व चन्द्र बहादुर क्षेत्रीको स्मृतीमाः वडा न १०को कार्यलयलाई सामाग्री उपलब्ध

Samayapati

स्व चन्द्र बहादुर क्षेत्रीको स्मृतीमा कोहलपुर नगरपालिका वडा न १० को कार्यलयलाई बाल्टा कम्पनीको हट एण्ड कोल्ड डिस्पेन्सर सामाग्री उपलब्ध गराईएको छ । वडामा आउने सेवाग्रहीलाई चिसो र तातो पानी खानका लागी सामाग्री उपलब्ध गराईएको हो । हजुर बुवाको सम्झनामा वडा न १० शान्ती टोल निवासी एल.वि. क्षेत्रीका छोरी प्राची क्षेत्री र छोरा प्रतिक क्षेत्रीले वडा अध्यक्ष गौरा भट्राइलाई १४ हजार बराबरको सामाग्री हस्तान्तरण गरेका थिए ।
वडा अध्यक्ष भट्राइले धन्यबाद दिदै सामजिक उत्तरदायित्वका यस्ता कार्यहरुले आगामी दिनमा थप टेवा पुराउने बताईन । वडा कार्यलयमा आउदा सेवाग्रहीले समेत सहज रुपमा सेवा उपलब्ध गर्न सक्ने बतारवरण तय गरिदिएको प्रती खुशी व्यक्त गरिन  ।


प्रकाशित मिति: आइतवार, बैशाख २३, २०८१, ०५:५२:००
प्रतिक्रिया दिनुहोस्