मनोरन्जन

कोहलपुरका ६ जना युबाहरुद्वारा भुकम्प पीडित बिद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामाग्री बितरण ।

Samayapati

कोहलपुरका ६ जना युबाहरुद्वारा भुकम्प पीडित बिद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामाग्री बितरण गरेका छन ।

रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १३ र १४ मा रहेका विभिन्न १२ वटा बिद्यालयका करिब एक हजार बिद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक तथा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेका हुन।

रामजानकी पुस्तक पसल र Aimlife Consultancy को सहयोगमा आफ्नो खाजा खर्चबाट बचत गरी ६ जना शिक्षक युबाहरुको पहलमा कार्यक्रमको उद्घाटन पुरुषोत्तम शर्माले गरेका थिए।

उद्घाटन सत्रमा बोल्दै शर्माले अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीहरुका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिएका छन । छ जना शिक्षक युवाले ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्ने भनेर नै हामीले आफ्नो खाजा खर्चलाई वचत गरेर जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको बताएका छन् ।

जसमध्ये सहयोगी युबाहरु काेहलपुर नगरपालिकाका युवा भिम बाहादुर राेकाय, पुरूषाेत्तम शर्मा, विजय आचार्य , जेम्स मुर्मू , विमल वली , विकास न्याैपाने , गाैरव सुबेदी रहेका छन भने कार्यक्रमको सहजीकरण जनविकास मा.वि. टाकुराका प्र. अ. दिपक सगंम थापाले सहजिकरण गरेका थिए।


प्रकाशित मिति: शनिवार, फाल्गुन १९, २०८०, ०९:०४:००
प्रतिक्रिया दिनुहोस्