मनोरन्जन

मेरो देश को बहस गर्ने  किन राम्रो वकिल भएन यहाँ (गजल)

Samayapati

                      गजल

सनत रोकाय बिबश कुशे गा.पा.८ जाजरकोट 

 

मेरो देश लाई बचाउन किन बिर गोर्खाली गएन !

अब मेरो देशको नाम किन विशाल नेपाल रहेन !!

 

भारत र चिन संग सिमाना बिरुद्धको मुद्दा चल्दा !

मेरो देश को बहस गर्ने  किन राम्रो वकिल भएन !!

 

मेरो देश को सिमाना लाई बारगीनिङमा बेचियो रे !

दार्जिलिङ भारतले लग्यो चिन संग को हिसाब थिएन !!

 

वषै बर्ष  देखि सिमाना को पखेट्टा काटिदै छ याहाँ !

कालापानी र लिपुलेकको सिमाना किन फिर्ता आएन !!

 

भारत र चिन ले मात्र हाम्रो देश लाई सधै थिच्ने हो र !

नेपालले भारत र चिन को सिमाना किन खाएन !!

 

भोग्नु पर्ने जति थियो सबै भोगी सक्यो अब देशले !

किन मेरो देशले शान्ति र सुसासन अझै पनि पाएन !!


प्रकाशित मिति: बिहिवार, पुष १२, २०८०, ०८:५६:००
प्रतिक्रिया दिनुहोस्