स्थानीय

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन सम्पन्न ।

Samayapati

२५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन नेपालगन्जमा सम्पन्न गरिएको छ ।
तेश्रो जिल्ला अधिबेशन महासंघका अध्यक्ष होम सुनारको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपा शार्माको प्रमुख आतिथ्यतामा तेश्रो जिल्ला अधिबेशन सम्पन भएको हो । अधिबेशनको बन्द शत्रका अध्यक्ष मण्डलको संयोजकमा भिम ओली, सदस्यद्धय आतंक बस्नेत, प्रकाश विश्वकर्मा रहनुभएको थियो ।

    नेपाल खेलकुद महासंघको तेश्रो महाधिबेशनले २१ सदस्यीय कमिटि सर्वसम्मत रूपमा पारित गरेको छ । जसमा नेपाल खेलकुद महासंघ बाँकेको अध्यक्षमा पुनः होम सुनार सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यस्तै महासंघको उपाध्यक्षमा शिवेन्द्र भण्डारी, सचिवमा संजित ओली, सहसचिवमा पदम बुढाथोकी, कोषाध्यक्षमा चित्रा श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जगदिश यादव, जंग बहादुर थापा, धन बहादुर थापा, गौतम श्रेष्ठ, कृति वहादुर शाही, ममता राना, निरक पौडेल, गगन वि।सी।, होमराज थापा, वसिर आलि, राजेश भण्डारी, चाहना थापा, वम वहादुर थापा लगायत २१ जनाको कार्यसमिति चयन गरिएको हो ।


प्रकाशित मिति: शुक्रवार, बैशाख १४, २०८१, ०७:४२:००
प्रतिक्रिया दिनुहोस्