मनोरन्जन

मेरो मुटु फोड्यौ आज बधाई छ तिमीलाई ! (गजल)

Samayapati

बिच बाटोमै छोड्यौ आज बधाई छ तिमीलाई !

बाटो अन्तै मोड्यौ आज बधाई छ तिमीलाई !!

 

मुना मदन हौ भनी तारिफ गर्थ्यौ हिजो आफैले !

त्यही सम्बन्ध तोड्यौ आज बधाई छ तिमीलाई !!

 

मेरो आँखाको अगाडि नै डोली चढेर गयौ तिमी ! 

पराई सँग नाता जोड्यौ आज बधाई छ तिमीलाई !!

 

वा क्या गजबको उपहार दिएर गयौ तिमी !

मेरो मुटु फोड्यौ आज बधाई छ तिमीलाई !!

 

सँगै हास्ने सँगै रुने झुटो गर्यौ ती बाचा कसम !

पराइको घुम्टो ओड्यौ आज बधाई छ तिमीलाई !!


प्रकाशित मिति: शुक्रवार, फाल्गुन ४, २०८०, ०४:४६:००
प्रतिक्रिया दिनुहोस्