प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
मनोरन्जन
कुनै जमाना थियो दुश्मनसग नझुक्ने नै बहादुर हो । ( गजल्)

गजल
इन्द्र रोकाय -
जाजरकोट हाल काठ्माण्डौ
यो सोच्दिनन श्रीमती ,श्रीमानलाई पनि पीर हुन्छ।
कहिले दुर्गम गाउँ , कहिले शहर गर्ने जागिर हुन्छ।।
राम्रो सोच , बिचार अनि राम्रो मान्छे भन्नू मात्रै हो।
पैसा र शक्ति हुनेहरुकै काम सधै आखिर हुन्छ।।
तिमीलाई लाग्ला क्या जिन्दगी जिएको छ भनेर।
आफ्नो एक ठाउँ तकदिर हुन्छ एक ठाँउ शिर हुन्छ।।
कुनै जमाना थियो दुश्मनसग नझुक्ने नै बहादुर हो।
अहिले,सबै भन्दा देशद्रोही र भ्रष्टाचारी वीर हुन्छ।।
सगै सगै हिड्छु भनेको मान्छे टाढा टाढा गए पछि।
अचेल मलाई यी सम्मसम्म बाटाहरु पनि भिर हुन्छ।।
प्रकाशित मिति: मंगलबार, आश्विन ५, २०७८, १०:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!