प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
मनोरन्जन
मेरो धैर्यता देखेर, काल समेत फर्केर गयो (गजल्)

ईन्द्र रोकाय जाजरकोट
हाल काठमाण्डौ
कसैले परीक्षा लिन चुनौती पठाएको रहेछ ।
लाग्यो छाती गोली छेक्न , बनाएको रहेछ ।
तिमी जसको पिठ्युँमा छुरा, धस्दै हिँड्थ्यौ।
भित्तामा उसैले तिम्रो तस्बिर, सजाएको रहेछ ।
उचाइमा पनि त पीडा छ,शीत जूनको आँसु हो ।
जूनले पनि त हरेक रात रोएर,कटाएको रहेछ ।
आमा भनेर चिच्यायो आमा गुमाएको बच्चा ।
सपनामा ऊ,आमाकै काखमा,निदाएको रहेछ।
मेरो धैर्यता देखेर, काल समेत फर्केर गयो ।
जो,योजना बनाएर मलाई मार्न आएको रहेछ ।
प्रकाशित मिति: बुधवार, भदौ ९, २०७८, ०९:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!