प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
मनोरन्जन
नेपालीको दुःख पिडा बुझ्ने कहिले ! (गजल)

गजलः धीरेन्द्र आर . सी . जाजरकोट
हाल काठ्माण्डौ
म जन्मेको म हुर्केको ठाउँ स्वर्ग छ !
मलाई जन्मभूमि बाहेक अरु व्यर्थ छ !!
कुशे हिमाल शिरमा छ सरु छातीमा !
तल सुन्दर गाउँ मेरो माथि खर्क छ !!
बरु खाना नभए नि पुग्छ मलाई त !
मेरो लागि जन्मभूमि पहिलो सर्त छ !!
यो देशमै जन्म दिईन् मेरी आमाले !
म नेपाली हुनुमा नै मलाई गर्व छ !!
नेपालीको दुःख पिडा बुझ्ने कहिले !
ए नेताज्यू बुझौं छिटो कति दर्द छ !!
प्रकाशित मिति: आइतवार, श्रावण ३१, २०७८, १२:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!