मनोरन्जन

स्वस्थ रहोस जिवन हजुरको उंमगले छाओस ! ( गजल )

Samayapati

मीनादेबी भाट कोहलपुर ५ बाँके         

                 गजल

स्वस्थ रहोस जिवन हजुरको उंमगले छाओस !

         कोरोना लाई जित्ने शक्ति सबैमा फैलाओस !!

कोही होइन संसारको मालिक हामी सबै पाउना !

              सबै लाई सहयोग गरौ दुख कष्ट आउला !!

साथी भाई इष्टमित्र कसैलाई नभुल्नु  !         

          समस्या समाधान गरी गुलाब जस्तै फुल्नु !!

शत्रु बैरी टाढा भागुन मित्र धैरे बनुन !

            दुनियाले हजुर जस्तै बन्न सकु भनुन !!

सगँसगै भय पनि बनम सधै हर्ष !

      स्वास्थ्य लाभको कामना छ आउदो नयाँ वर्ष !!

शु स्वास्थ्य र दृर्घयायुको गरेर कामना !

          नँया वर्ष २०७८ सालको छ शुभकामना !!


प्रकाशित मिति: मंगलबार, चैत्र ३१, २०७७, ०२:५५:००
प्रतिक्रिया दिनुहोस्