स्थानीय

कोहलपुरमा धौलागिरी ज्वैलर्सको भव्य उद्घाटन, २ करोडको लगानीमा अत्याधुनिक सुविधा !

Samayapati

 कोहलपुर, बाँके — पुर्खाको पेशालाई निरन्तरता दिँदै सुनचाँदी व्यवसायमा ११ वर्षअघि आधिकारिक यात्रा सुरु गरेका कोहलपुरका सफल व्यवसायी जगत रामदामले आफ्नो धौलागिरी सुनचाँदी पसललाई नयाँ रुप, नयाँ स्थान र थप लगानीसहित ‘धौलागिरी ज्वैलर्स’का रूपमा पुनः सञ्चालनमा ल्याएका छन्।

अघिल्लो एन टिभी रोडको पूर्वतर्फ सञ्चालन हुँदै आएको पसललाई स्थानान्तरण गरी अत्याधुनिक सजावट, सुविधायुक्त शो–रुम र आकर्षक प्रदर्शन कक्षका साथ कोहलपुर राजस्व अनुसन्धान कार्यालय अगाडि भव्य रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा अध्यक्ष स्वयं जगत रामदामको अध्यक्षता मा प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले रिबन काटेर औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भट्टराईले कोहलपुरको सुनचाँदी व्यवसायलाई आधुनिक प्रविधि र आकर्षक डिजाइनमार्फत अघि बढाउनु व्यवसायिक साहस र दृष्टिकोणको उदाहरण भएको बताए। उनले धौलागिरी ज्वैलर्सले स्थानीय अर्थतन्त्र र रोजगारीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सञ्चालक रामदामले करिब २ करोड रुपैयाँको लगानीमा सुरु गरिएको यो नयाँ पसलमा सुनचाँदीका आकर्षक गरगहना मात्र नभई हिराका विशेष डिजाइनका गरगहना पनि उपलब्ध हुने जानकारी दिए। उनका अनुसार, पसलमार्फत प्रत्यक्ष सात जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ। उनले गुणवत्तापूर्ण सेवा, विश्वासिलो मूल्य र नयाँ ढाँचाका गरगहना मार्फत ग्राहक सन्तुष्टि नै आफ्नो प्रमुख लक्ष्य भएको बताए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुनचाँदी व्यवसायका अग्रज, पत्रकार र स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आजको सुनचाँदी विशेष कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष रामदामले विगत ११ वर्षमा पाएको ग्राहकको माया र विश्वासकै कारण आफू आज यो स्तरसम्म आइपुगेको बताए। उनले आगामी दिनमा पनि गुणस्तरीय सेवा, नयाँ डिजाइन र ग्राहकमैत्री व्यवहारमार्फत कोहलपुरकै होइन, सम्पूर्ण बाँकेमा धौलागिरी ज्वैलर्सलाई पहिलो रोजाइको ब्रान्ड बनाउने प्रतिबद्धता जनाउदै उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए। 


प्रकाशित मिति: बिहिवार, श्रावण ३०, २०८२, ०८:४९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार