ग्रीन पिस द्वारा कक्षा ११ का बिद्यार्थीहरुलाई भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न!
स्थानीय
करिब १० घण्टा तालाबन्दीमा थुनियो मध्यपश्चिम विश्वविद्यालय , प्राध्यापक र कर्मचारीको संयुक्त विद्रोह!
कोहलपुर - मध्यपश्चिम विश्वविद्यालयमा लामो समयदेखि देखिएको प्रशासनिक जटिलता, नीति–नियमावलीको अव्यवस्था र शिक्षण–शिक्षक व्यवस्थापनमा भइरहेको अनियमितताप्रति असन्तुष्टि जनाउँदै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी संघहरूले संयुक्त रूपमा १० घण्टा लामो तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका छन्।
मंगलबार भएको तालाबन्दी कार्यक्रमका क्रममा संघहरूले विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीहरूले भोगिरहेको दीर्घकालीन समस्याबारे तीव्र आवाज उठाएका हुन।
विज्ञप्तीमार्फत उनीहरूले विश्वविद्यालयमा देखिएका विवाद, स्थायीकरणमा ढिलाइ, आन्तरिक प्रशासनिक प्रक्रिया अवरुद्ध हुनु, ऐन–नियमावली विपरीत गरिएको कार्यशैली, तथा माग पूरा नगर्ने प्रवृत्तिले वातावरण नै असहज भएको बताएका छन्।
संघहरूका अनुसार, २०७२ साल श्रावण महिनादेखि निरन्तररूपमा उठाइँदै आएका मागहरूमध्ये धेरै अझै अधुरा रहेका छन्। स्थायी नियुक्ति, समयमै तलब–सुविधा भुक्तानी, नियमबमोजिम पदपूर्ति, र प्रशासनिक निर्णय कार्यान्वयनमा ढिलाइका कारण कार्यस्थलमा असन्तोष बढेको उनीहरूको दाबी छ।
विज्ञप्तीमा भनिएको छ, “यो परिस्थितिको समाधानका लागि विश्वविद्यालय प्रशासनले गम्भीर ध्यान नदिएर, उल्टो ढिलासुस्ती र लापरबाहीको नीति अपनाएको छ, जसले गर्दा प्राध्यापक तथा कर्मचारीको मनोबल कमजोर भएको छ।”
संघहरूको मागसूची यस प्रकार छ: १. निर्णय कार्यान्वयनमा ढिलाइ अन्त्य — २०७९ साल साउन १० गते बसेको विश्वविद्यालय सभाको निर्णय र २०६९ सालको ऐनअनुसारको व्यवस्थालाई तत्काल लागू गर्नुपर्ने। आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया तत्काल अघि बढाउनुपर्ने र २०७३ सालदेखि निर्णय भएर पनि कार्यान्वयनमा ढिलाइ भएको शिक्षा सहायक पदपूर्ति तत्काल गर्नुपर्ने। २. स्थायीकरणको प्रक्रिया पूर्ण — विगत लामो समयदेखि अस्थायी रूपमा कार्यरत प्राध्यापक र कर्मचारीलाई स्थायीकरण प्रक्रिया शीघ्र कार्यान्वयन गर्नुपर्ने। ३. प्रशासनिक सुधार — आर्थिक प्राध्यापकको अतिरिक्त भार घटाई, आवश्यक संख्यामा स्थायी पदपूर्ति गर्नुपर्ने। ४. शैक्षिक र प्रशासनिक पदपूर्ति — रिक्त रहेका उपप्राध्यापक, सहायक प्राध्यापक, उप–उपप्राध्यापक तथा कर्मचारी पदहरूमा तत्काल पदपूर्ति गर्नुपर्ने। ५. न्यायोचित पदस्थापन — करार शिक्षक र कर्मचारीको पदस्थापन पारदर्शी, नियमसंगत र शीघ्र गर्नुपर्ने।
संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्राज्ञिक प्राध्यापक संघ र नेपाल विश्वविद्यालय प्राध्यापक संगठनको इकाई समितिहरूको सक्रिय सहभागिता रहेको थियो। आन्दोलनको क्रममा विश्वविद्यालयको प्रशासनिक भवनमा बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म तालाबन्दी गरिएको थियो।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, प्राज्ञिक प्राध्यापक संघका सभापति एकराज प्रसाद, र नेपाल विश्वविद्यालय प्राध्यापक संगठनका अध्यक्ष अनुप शाहीले संयुक्त रूपमा हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा भनिएको छ, “यदि प्रशासनले माग सम्बोधन नगरे आन्दोलन अझ तीव्र रूप लिनेछ।” तीनै संगठनका प्रतिनिधिहरूले भने, “यो आन्दोलन हाम्रो व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण विश्वविद्यालयको सुधारका लागि हो। हामी चाहन्छौं, विश्वविद्यालयमा पारदर्शिता, न्यायोचित निर्णय र समयमै कार्यान्वयन होस्।” अन्तमा, उनीहरूले सबै प्राध्यापक, कर्मचारी तथा सम्बन्धित निकायलाई एकजुट भई विश्वविद्यालयको मर्यादा र शिक्षाको गुणस्तर जोगाउन अपील गरेका छन्।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!