कोहलपुर नगर स्वास्थ्य केन्द्रलाई मञ्जु श्री फाइनान्सद्वारा ल्याब सामग्री हस्तान्तरण, सेवामा थप गति थपिने अपेक्षा।
स्थानीय
कोहलपुर नगर स्वास्थ्य केन्द्रलाई मञ्जु श्री फाइनान्सद्वारा ल्याब सामग्री हस्तान्तरण, सेवामा थप गति थपिने अपेक्षा।

कोहलपुर, साउन ३१ — बाँकेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई १५ ल्याब सेवा र अन्य स्वास्थ्य सामाग्री सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
मञ्जु श्री फाइनान्स लिमिटेड नेपालगञ्जको सहयोग एबम नगर प्रमुखको पहल र स्वास्थ्य शाखा प्रमुखको सहकार्य तथा ब्यवस्थापनले प्राप्त ल्याब सामग्रीहरु मंगलबार एक कार्यक्रमकाे आयोजना गरी कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता मञ्जु श्री फाइनान्स लिमिटेड नेपालगञ्ज शाखा प्रमुख स्नेहा भुसालको अध्यक्षतामा प्रमुख अतिथि जन स्वास्थ्य अधिकृत प्रेम प्रसाद पाण्डेले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै पाण्डेले स्वास्थ्य सेवा प्रवर्द्धनमा निजी क्षेत्रबाट प्राप्त सहयोग अत्यन्तै प्रशंसनीय भएको बताउँदै अन्य संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गरे। उनले भने, "यसरी निजी क्षेत्रसँग सहकार्य गर्नु स्थानीय सरकारको स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा ठोस कदम हो।"
जन स्वास्थ्य निरीक्षक अमृत कुमार रानाले ल्याब सेवा सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरुको अभाव भइरहेका बेला मञ्जु श्री फाइनान्सबाट प्राप्त सहयोग अत्यन्तै उपयोगी र समयसापेक्ष भएको बताए। उनले नगर क्षेत्रभित्र गुणस्तरीय सेवा प्रदान गर्नका लागि उपकरणको व्यवस्थापन पहिलो प्राथमिकता भएको स्पष्ट पारे।
प्रहरी प्रमुख थापाले प्रहरी प्रशासन जनताको सेवामा मात्र नभई स्वास्थ्यका सवालमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिन तयार रहेको बताए। अस्पताल प्रमुख डा. प्रतिभा भण्डारी र मेडिकल अधिकृत चौरवारले नगर अस्पतालसँग समन्वयमा ल्याब सेवा सञ्चालन गर्न सकिने भन्दै यस सहयोगले प्रभावकारी उपचारमा सहजता ल्याउने बताए।
नगर प्रमुख सुरेश कनौडियाले यस्ता सहकार्यहरू स्वास्थ्य सेवा प्रवर्द्धनमा अत्यन्तै सहयोगी हुने उल्लेख गर्दै अन्य निजी क्षेत्र तथा संस्थाहरूलाई पनि समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गरे। उनले भने, “स्वास्थ्य नागरिक नै समृद्ध नगरको आधार हो, निजी क्षेत्रको सहकार्यले यो लक्ष्य प्राप्ति सहज हुन्छ।”
मञ्जु श्री फाइनान्स लिमिटेडका प्रतिनिधिहरूले स्थानीय सरकारसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नगर स्वास्थ्य शाखाले यो सहयोगबाट ल्याब सेवा प्रभावकारी र नियमित रुपमा सञ्चालन हुने विश्वास लिएको छ। साथै, अन्य संघसंस्थाबाट पनि यस्तै प्रकारको सहयोगको अपेक्षा गरिएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!