प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
कोहलपुर नगरपालिकाद्वारा कोहलपुरका २१ विद्यार्थीलाई शैक्षिक प्रोत्साहन छात्रवृत्ति वितरण !

कोहलपुर, असार २६ – आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत कोहलपुर नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत २१ जना विद्यार्थीलाई “शैक्षिक प्रोत्साहन छात्रवृत्ति” वितरण गरेको छ।
नगरप्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख संगीता सुवेदी, शिक्षा शाखा प्रमुख राम बहादुर हमाल लगायतको उपस्थिति रहेको थियो। छात्रवृत्तिको रुपमा प्रत्येक विद्यार्थीलाई न्यूनतम रु. १० हजारदेखि अधिकतम रु. ५० हजारसम्म प्रदान गरिएको हो।
यसरी वितरण गरिएको छात्रवृत्तिको कूल रकम रु. ८लाख पुगेको छ। नगरप्रमुख आचार्यले शैक्षिक प्रोत्साहन छात्रवृत्तिको उद्देश्य नगरभित्रका मेहेनती तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई थप उत्साह प्रदान गर्नु रहेको बताए। उनले नगरपालिकाको सानो सहयोग भए पनि यसले विद्यार्थीहरूको पठनपाठन सहज बनाउने र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उपप्रमुख संगीता सुवेदीले शिक्षा क्षेत्रमा नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै छात्रवृत्ति पाउने विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना दिइन्।
शिक्षा शाखा प्रमुख हमालले छात्रवृत्तिको छनोट प्रक्रियामा पारदर्शिता अपनाइएको र भविष्यमा यो कार्यक्रम अझ प्रभावकारी रुपमा अगाडि बढाइने जानकारी दिइ। छात्रवृत्ति वितरण कार्यक्रममा विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा नगरका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नगरपालिकाले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा शिक्षा प्रतिको लगाव अझ बलियो बनाउने विश्वास लिएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!