प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
कोहलपुर नगरपालिकाद्वारा चौराहामा हात्तीको मूर्ति स्थापना, बाँके राष्ट्रिय निकुञ्जको प्रवर्द्धनमा विशेष जोड !

कोहलपुर, असार २० — बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार र कोहलपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कोहलपुर नगरपालिका वडा नं. ११ स्थित चौराहामा आकर्षक हात्तीको मूर्ति स्थापना गरिएको छ।
करिब आठ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो मूर्ति लगायत पुर्ब र उत्तरमा पाटे बाघको मुर्ति पश्चिम मा हरिन र दक्षिण हात्तीको मुर्ति कोहलपुर नगरपालिकाको पहलमा र बाँके राष्ट्रिय निकुञ्जको कोटेसन अन्तर्गत स्थापना गरिएको हो।
नेपालकै सानो राष्ट्रिय निकुञ्जमध्ये पर्छ बाँके राष्ट्रिय निकुञ्ज। यसको पर्यटकीय सम्भावना अझ फैलाउन र जनचेतना अभिवृद्धि गर्न नगरपालिकाले यो मूर्तिको स्थापना गरेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले मूर्तिको उद्घाटन गर्दै भने, “हामी कोहलपुरलाई प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले समृद्ध बनाउन प्रतिबद्ध छौँ।हात्तीको मूर्ति यस दिशातर्फ उठाइएको एउटा सशक्त कदम हो।”
नगर उपप्रमुख संगीता सुवेदीले मूर्ति शहरको सौन्दर्यसँगै जनचेतनामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “यो मूर्ति केवल सजावट मात्र नभई पर्यावरणीय सन्देश पनि बोकेको छ।” प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले निकुञ्ज नजिकै रहेको कोहलपुरमा यस्ता पहलले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। कार्यक्रममा नगरपालिकाका १५ वटै वडाध्यक्षहरूको सक्रिय उपस्थिति र सहयोग रहेको थियो। मूर्ति निर्माण, स्थान छनोटदेखि अन्तिम संरचनासम्मको समन्वयमा उनीहरूको विशेष भूमिका रह्यो।
स्थानीयवासी र व्यवसायीहरूले पनि मूर्तिको स्वागत गरेका छन्। “पर्यटक आउन थाले भने यहाँको आर्थिक गतिविधि बढ्छ,” एक स्थानीय व्यवसायीले प्रतिक्रिया दिए। यस मूर्तिसँगै अब कोहलपुर प्रवेशद्वार नजिकैको चौर पनि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनमा निकुञ्जसँग सहकार्य गरी थप प्रचारात्मक संरचना निर्माण गर्ने योजना बनाएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!