मनोरन्जन

बदलियो आज मौसम खास भयो जिन्दगी !! ( गजल )

Samayapati

सजन कुमार आर.सी. जन्म स्थान जाजरकोट कुसे ९ पैक हाल कोहलपुर बाँके ( पेशा पत्रकारिता )

 

     खेल भयो खेलाउन भयो आशा भयो तर !

     आज स्वयम् नील आकाश भयो जिन्दगी !!

 

बैँस छँदै ऐश गर्ने मनमा सोच्यो फेरि अझै !

शत्रुको चोटले सधैं नै नसा भयो जिन्दगी !!

 

      चाहाना त मेरो सधैं फुल फुल्ने रहर नै थियो !

      बदलियो आज मौसम खास भयो जिन्दगी !!

 

उ किन सधैं छाया बनी साथ दिँदै थियो यहाँ !

छैन कतै भुमरीमा आज पास भयो जिन्दगी !!


प्रकाशित मिति: शनिवार, फाल्गुन ७, २०७८, ०२:१४:००
प्रतिक्रिया दिनुहोस्