स्थानीय

नयाँ वर्ष २०८१ को अवसरमा सास्कृतिक कार्यक्रम गर्दै ः बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर।

Samayapati

समाचारदाता अनिता बिश्वकर्मा कोहलपुर 

नयाँ वर्ष २०८१ सालको अवसरमा बागेश्वरी बहुमुखि क्यापस कोहलपुरले शुभकामना आदानप्रान, भित्तेपात्रो विमोचन तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र बागेश्वरी बहुमुखि क्यापस प्रशासनको समन्वयमा भोलि १ दिन सास्कृतिक कार्यक्रम लगाएत विभिन्न विद्याका कार्यक्रममा हुन लागेको हो।

क्याम्पसको स्तर उन्नती लगाएत यस विद्यालयमा अध्यनरत विद्यार्थीको सर्बाङ्गिण   विकासका साथै विद्यार्थीका रचनात्मक सीप र क्षमतालाई अभिवृद्धि गर्न र सास्कृतिक कार्यक्रममा जोड दिदै थप टेवा पुराउने उदेश्यले कार्यक्रको आयोजना गरिएको बागेश्वरी बहुमुखि क्यापसका स्ववियु अध्यक्ष देवेन्द्र बहादुर वुढाले जानकारी दिए । पत्रकार सम्मेलन मार्फत जानकारी दिदै अध्यक्ष वुढाले तिन प्रदेशको ट्रान्जीट प्वान्टका रुपमा रहेको यस क्यापसलाई अझै माथी राष्ट्रिय स्तर सम्म पुराउन र प्रचारप्रसारका लागी यस्ता खालका कार्यक्रमको आयोजनना गर्न जरुरी रहेको बताए । साथै यस क्याम्पसले विशेष गरी मध्यम वर्गिय र निम्न वर्गिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने भएकाले सस्तो र सहुलियतदरमा विद्यार्थीहरुले पढन पाउने बतावरणको सिर्जना गर्न र शैक्षिक गन्तव्यको बटो निर्धारण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको समेत जानकारी दिए ।

यस्तै क्यापस प्रमुख दान बहादुर हमालले यस क्यापसमा अध्यनरत विद्यार्थीका मागलाई मध्यनजर गर्दै विद्यार्थीहरुले गरेका विभिन्न खाले कार्यक्रहरुलाई क्याम्पस  प्रसासनले सक्दो सहयोग गरेको र आगमी दिनमा यस्ता खालका कार्यक्रमलाई सम्बोधन गर्ने बताए । भोलि हुन गईरहेको वृहत सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकार समेतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

८ वजेबाट शरु हुने उकत सास्कृतिक कार्यक्रमा राष्ट्रिय कलाकार टंक तिमिल्सीना र मोडल रुविना अधिकारीको प्रस्तुती रहनेछ । कोहलपुर क्षेत्रमा आफनो छुटै पहिचान बनाउन सफल यस क्याम्पसले गत वर्षहरुमा पनि यस्ता खालका विभिन्न कार्यक्रहरु गर्दै आएको थियो ।


प्रकाशित मिति: बुधवार, चैत्र २८, २०८०, ०७:३२:००
प्रतिक्रिया दिनुहोस्