स्थानीय

नेपाल नागरिक उद्यम सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न ।

Samayapati

नेपाल नागरिक उद्यम सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा कोहलपुर नगरपालिकाको सभा हलमा सम्पन्न गरिएको छ। सभामा संस्थाका अध्यक्ष ललित पहाडीले सञ्चालक समितिको तर्फबाट आव २०७९ र ०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।

  अन्य सहकारी बन्द भईसकेको अबस्थामा यस सहकारी संस्थालाई नमुना सहकारीको रूपमा स्थापित गर्न नया कार्य समिति लागि पर्ने पहाडीले जानकारी दिए।    साथै पछिल्लो समय आर्थिक मन्दीका कारणले गर्दा शेयर सदस्यहरुले आफ्नो बचत फीर्ता माग गरेकाले उनीहरुको बचत समेत ३ महीना भित्र सहकारीले फीर्ता गर्ने र नयाँ ब्यबस्थापनका साथ नागरिक उद्यम सहकारी संस्था अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

   नेपाल नागरिक उद्यम सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा ललित पहाडी , उपाध्यक्षमा निर बहादुर सिंह , सचिबमा कृष्ण चौधरी ,कोषाध्यक्षमा माया जैसी ,सदस्यहरुमा निर्मला शर्मा , सलिना चौधरी , सुरेन्द्र सिंह लगायत चयन भएका छन् ।


प्रकाशित मिति: शनिवार, चैत्र २४, २०८०, ०६:५१:००
प्रतिक्रिया दिनुहोस्