स्थानीय

दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालका डाक्टरलाई कोरोना देखिएपछि अस्पताल  ‘सील’....

Samayapati

समयपाटी संवाददाता 

भाद्र १३ शनिवार

दाङको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालका डाक्टरलाई कोरोना देखिएपछि यो अस्पताल  ‘सील’ गरिएको छ ।

सो अस्पतालका दुई चिकित्सक सहित ९ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि  अस्पताल सील गरिएको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मी र सहयोगी गरी ५० जनामा स्वाब नमुना परीक्षण गरिएकोमा दुईजना चिकित्सक, चारजना स्वास्थ्यकर्मी र तीनजना अस्पताल सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएको मेसु शर्माले बताउनुभयो । ‘सरकारले स्वास्थ्यकर्मीहरुलाई काममा खटिनु भन्दा पहिला कोरोना भाइरस परीक्षण गराउन भनेको थियो उहाँले भन्नुभयो–‘त्यही नियमलाई पालना गरेर ५० जनाले स्वाव दिनुभएको थियो । त्यसमध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आयो ।’कोरोना संक्रमण पुष्टि भएका कसैमा पनि लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीहरु केही होम आइसोलेसनमा र केही कोरोना विशेष अस्पताल बेलझुण्डीमा बस्नुभएको डा. शर्माले बताउनुभयो ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीगरी भोली आइतवार करिव एक सयजनाको नमुना संकलन गरिँदैछ । ‘सबैको टेस्ट गर्ने तयारीमा छौं पोजेटिभ केस देखिए उहाँहरुलाई आइसोलेसनमा राखिने छ मेसु शर्माले  भन्नुभयोे–‘नेगेटिभ रिपोर्ट आउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किनुहुने छ ।’ उहाँले दुई तीन दिनभित्रैमा अस्पताललाई नियमित  फर्काएर विरामीको उपचारमा समस्या हुन नदिने समेत विश्वास दिलाउनुभएको छ । राप्ती प्रादेशिक अस्पतालमा पहिलो पटक चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।


प्रकाशित मिति: शनिवार, भदौ १३, २०७७, ०९:२०:००
प्रतिक्रिया दिनुहोस्