स्थानीय

नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवती महीला सहित ६ जनाको ज्यान गयो , यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुग्यो ।

Samayapati

भदौ ११

नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ ।  आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो ।बाराको हर्दिया(४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका(२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका(११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह(प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । यसैगरी योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ । यसैबीच गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, वाग्लुङका ८, लमजुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो। लमजुङ र बाग्लुङमा कोरोना पुष्टि भएका तीन जना सुरक्षाकर्मी हुन् भने एक जना पालिकामा कार्यरत कर्मचारी हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ । 


प्रकाशित मिति: बिहिवार, भदौ ११, २०७७, १२:०६:००
प्रतिक्रिया दिनुहोस्