स्थानीय

कोरोना अस्पतालमा उपचाररत दुई थुनुवा शनिबार राति फरार ।

Samayapati

भदौ ७

वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत दुई थुनुवा शनिबार राति फरार भएका छन् । राति करिब २ बजे स्वास्थ्यकर्मी राउन्डमा आउँदा दुई संक्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरू अस्पतालको पछाडि रहेको पोखरीमा हाम फालेर भागेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।पर्सा प्रहरी प्रवक्त डीएसपी मनोजित कुँवरका अनुसार दुवै जना सार्वजनिक अपराधमा पक्राउ परेका थिए । ‘वडा प्रहरी कार्यालय बिर्ताले थुनुवालाई अस्पताल पठाएको थियो,’ उनले भने, ‘उनीहरूको मुद्दाको फाइलसमेत पेस भइसकेको थियो ।’


प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७, ०३:५६:००
प्रतिक्रिया दिनुहोस्