स्थानीय

सिन्धुपाल्चोक लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २८ पुग्यो ।

Samayapati

भदौ ४

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबार बिहानसम्म २८ जनाको शव भेटिएको छ । लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव भेटिएको हो ।आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । यसअघि २४ जनाको शव भेटिएको थियो । बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो । पहिरोमा परी घाइते भएका ५ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।गत साउन ३० गते बस्तीमाथिबाट आएको पहिरोले १३ घर पूर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुऱ्याएको थियो । लिदी पहिरोमा मृत्यु हुने २८ जना रहेका छन् ।

 


प्रकाशित मिति: बिहिवार, भदौ ४, २०७७, ०१:२४:००
प्रतिक्रिया दिनुहोस्