कोहलपुर नगरपालिका स्तरीय मेयरकप तथा राष्ट्रपति रनिङशील खेलकुद छनोट प्रतियोगिता–२०८२ सुरु!
स्थानीय
यक्का नेपालको सहयोगमा भेरी नगरपालिका -१० का बस्तिहरुमा दुईदिने फलामे चुलो वितरण कार्यक्रम सम्पन्न !

जाजरकोटको भेरीनगरपालिका–१० का विभिन्न बस्तीहरूलाई यक्का नेपालको आर्थिक सहयोग, भेरीनगरपालिकाको समन्वय तथा वडा कार्यालयको सक्रिय सहकार्यमा सञ्चालन गरिएको दुईदिने फलामे चुलो वितरण कार्यक्रम मंसिर २२ र २३ गते सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य तथा वातावरणमैत्री चुलो प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमबाट भेरी नगरपालिकाका १३ वटा वडा लगायत वडा नम्बर १० मा ५१७ भन्दा धेरै बस्तीका सयौँ परिवार लाभान्वित भएका छन्।
कार्यक्रमको पहिलो दिन मंसिर २२ गते बिहान ८ बजेदेखि वडा कार्यालयमा आयोजना गरिएको वितरण कार्यक्रममा भुर पोखरा, भुर गाउँ, पटुवानी, डोप्के, पल्सेनी, सेरिपाखा, चिउरा, झागृसल्ला, सिमिलिखोलालगायतका बस्तीहरुले फारम र कागजातसहित सहभागी भई फलामे चुलो प्राप्त गरेका छन। आवश्यक सूची संकलनदेखि वितरण व्यवस्थासम्मका सबै तयारी पूरा गरिएको जानकारी वडा सचिव लालबहादुर कार्कीले दिए।
मंसिर २३ गते दोस्रो चरणका बस्तिहरु आलि, भुर्चौर, बामनचौर, बिराले फेरा, टाट्के, रातिपोखरी, दमारा, बालेतारा, जस्ता बस्तिहरुलाई चुलो हस्तान्तरण गरिएको थियो।
दुर्गम क्षेत्रमा समेत कार्यक्रम सहज रुपमा सम्पन्न हुन स्थानीय बासिन्दा, उपभोक्ता समूह र वडा कार्यालयबीच राम्रो समन्वय रहेको सचिव कार्कीले बताए। यस संस्थाका प्रतिनिधि बिनोद खड्काले कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिंदै भने— “यक्का नेपालको सहयोगले यो अभियान स्थानीय बस्तीका लागि अत्यन्त प्रभावकारी बन्यो। सुरक्षित चुलो पुगेपछि स्वास्थ्य र दैनिकीमा आउने सुधार नै हाम्रो ठूलो सफलता हो।
कार्यक्रमको मूल उद्देश्य ग्रामीण तथा दुर्गम बस्तीमा सुरक्षित, धुँवामुक्त, स्वास्थ्यमैत्री र दाउरासम्मत चुलो प्रवर्द्धन गर्नु, काठ–दाउरामा आधारित खाना पकाउने अभ्यासबाट हुने स्वास्थ्य समस्या कम गर्नु, वातावरणीय संरक्षणमा सहयोग पुर्याउनु र महिलाको श्रम तथा समय बचत गर्नु रहेको वडा कार्यालयले स्पष्ट गरेको छ।
कार्यक्रम सम्पन्नताको क्रममा वडा अध्यक्ष दलबहादुर रानाले आफू निकै उत्साहित रहेको उल्लेख गर्दै स्थानीय परिवारका दैनिकीमा यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनाले भने“परम्परागत कच्चा चुलोले धुँवा र स्वास्थ्य दुवैमा समस्या ल्याउँथ्यो। अहिले सुरक्षित र टिकाउ चुलो पुगेपछि विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्यमा ठूलो लाभ पुग्नेछ। यक्का नेपाललाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ।” अध्यक्ष रानाले आगामी दिनमा पनि यस्तै स्वास्थ्य, सरसफाइ, ऊर्जा र वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
साथै वितरण टोली, स्थानीय बासिन्दा, भेरीनगरपालिका र संस्थागत सहयोगकर्ता सबैप्रति आभार प्रकट गरे। दुईदिने अभियानमार्फत करिब सयौँ घरधुरीले फलामे चुलो प्राप्त गरेका छन्। वितरणका क्रममा लाभार्थीलाई चुलो कसरी प्रयोग गर्ने, कसरी जोगाउने, धुँवामुक्त वातावरण कसरी बनाउने भन्नेबारे व्यावहारिक सिकाइसमेत प्रदान गरिएको थियो। स्थानीय बासिन्दाले सुरक्षित चुलो पाएको खुसी व्यक्त गर्दै यसले खाना पकाउने समय घटाउने, दाउरा बचत गर्ने र घरभित्रको धुँवा कम गर्ने भएकाले स्वास्थ्यमा देखिने परिवर्तन महत्वपूर्ण हुने बताएका छन्। यक्का नेपालको सहयोग, भेरीनगरपालिकाको समन्वय र वडा कार्यालयको पहलमा सम्पन्न यो कार्यक्रम ग्रामीण बस्तीको जीवनस्तर सुधारतर्फको सफल र उदाहरणीय पहलका रूपमा स्थानीयहरूले लिएका छन्।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!







