मुटु भित्र हुदा रैछन घाउ बनाएर बस्नेहरु ! (गजल)
स्थानीय
नेपालगन्जको सीटी प्यालेस होटल पैसा वालाका लागि आइसोलेसन सेन्टर बन्यो...

समयपाटी संबाददाता
श्रावण २४ शनिबार २०७७
कोहलपुर बाके / बाँकेमा कोरोना संक्रमितले बस्न चाहेको खण्डमा सुबिधा युक्त आइसोलेसनमा बस्न होटलको व्यवस्था गरिएको छ । कोरोना भाइरसका बिरामी बढ्दै गएपछि पैसा तिरेर बस्ने संक्रमितलाई नेपालगन्जको सिटी प्यालेस होटललाई आइसोलेसन बनाइएको हो ।
होटलमा एक जना संक्रमितको दैनिक २५ सय रुपैयाँ लिने गरिएको छ । सरकारले तयारी गरेका आइसोलेसनहरु त्यति व्यवस्थित नहुदा यो ब्यबस्थापन गरिएको हो । नेपालगन्जको चर्को गर्मीमा अव्यवस्थित आइसोलसनमा बस्न गाह्रो हुने हुँदा पैसा तिरेर होटलमै बस्न लागिएको त्यहा बस्ने बिरामिको भनाई रहेको छ । उक्त होटलमा नेतादेखि हाइप्रोफाइल भएका संक्रमित आइसोलेसनमा बसेका छन् । बाँकेमा हालसम्म ६ वटा आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार पैसा तिरेर सुविधायुक्त आइसोलेसनमा बस्न चाहनेका लागि होटलको व्यवस्था गरिएको बताउनुभयो।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!